Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
भदौ १७ मा पाँच फिल्म प्रदर्शनमा आउने चर्चाका बीच एक फिल्म भने रिलिज नहुने पक्का भएको छ ।
जानकारीमा आएअनुसार नेपालसँगै अष्ट्रेलिया र दुबईमा खिचिएको पुर्व मिस नेपाल मलिना जोशी स्टारर फिल्म ‘दि विनर’को रिलिज पोष्टपोण्ड भएको हो ।
फिल्म अब कहिले रिलिज हुने खुलाईएको छैन् । तर भदौ ३१ लाई फिल्म प्रदर्शनको संभावित मिति मानिएको छ ।
हल व्यवस्थापनको चाँजिपाजो नमिल्नुलाई रिलिज पोष्टपोण्डको कारक भनिएको छ।
फिल्मको हालसम्म टिजर र फर्स्टलुक पोस्टर अनि गीत मात्र बाहिर ल्याईएको छ । केहि दिनमा नै ट्रेलर सार्वजनिक गर्दै अफिसियल नयाँ रिलिज मिति तय गर्ने तयारीमा निर्माण टिम छ ।

Leave a Reply

%d bloggers like this: