Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
namaste-nepal
आजबाट प्रदर्शनमा आएको फिल्म “नमस्ते नेपाल” ले रिलिजको पूर्व सन्ध्यामा प्रेस शो गरेको छ । फिल्मले चावहिलस्थित चलचित्र विकास बोर्डमा बिहीबार साँझ शो गरेको हो । कार्यक्रममा सम्पूर्ण पत्रकारहरुको बाख्लो उपस्थिथि रहेको थियो | कार्यक्रममा चलचित्र “नमस्ते नेपाल” को बारेमा जानकारी गराइएको थियो |
pradip-kumar-uday
namaste-nepal
युरोपमा सुटिंग गरिएको फिल्ममा सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा गोपाल नेपाल छन्दे, श्याम श्रेष्ठ संगै १५ वटा भन्दा बढी देशको बिदेशी कलाकारहरुको समेत अभिनय हेर्न पाइने छ |
फिल्मलाई राजु शाहले निर्देशन गरेका हुन् । यसअघि उनले “इन्द्रेणी”, “सपनाको नौलो संसार” जस्ता फिल्म निर्देशन गरेका थिए । फिल्मलाई प्रदिप कुमार उदयले निर्माण गरेका हुन् । फिल्म अर्चना पनेरु अभिनित जिस्मसँगै देशभरका ५० भन्दा बढी पर्दामा रिलिज भएको छ ।
pradip-kumar-uday
चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता प्रदिप कुमार उदयले ब्यक्त गर्नुभएको छ | उनले भने “नमस्ते नेपाल” नेपालीको पहिचान झल्काउने चलचित्र हो | चलचित्रलाई नेपाली समाजको पृष्टभुमिको आधारमा देशलाई चिनाउने हिसाबमा तयार पारिएको कुरा पनि उनले स्पष्ट पारेका छन् |
हेर्नुस ट्रेलर :

%d bloggers like this: