Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
bhes-gurung
नेपाली सांगीतिक क्षत्रमा अहिले निकै नयापन थपिदै गैरहेको छ | यसै बीच आफ्नो प्रतिभा र नयापन लिएर गाएक भेस गुरुङ यस क्षत्रमा अगाडी बढिरहेका छन् | उनको “मेरो माया” बोलको गीत अहिले चारैतिर निकै चर्चामा रहेको छ | उनको यस गीतमा शब्द संगीत सफिक होपको रहेको छ भने भेस गुरुङले यसमा आफ्नो सुमधुर स्वर भरेका छन् | उनको यस गीतको भिडियोमा जानकी गुरुङ र महेन्द्र देवकोटाले अभिनय गरेका छन् |
bhes-gurung
bhes-gurung
आफु देश बाहिर रहे पनि नेपाली संगीत प्रतिको लगावलाई कहिले पनि छोड्न नसक्ने कुरा पनि उनले उल्लेख गरेका छन् | आफ्नो निकै वर्षको मेहेनत र साधनलाई दर्शक माझ प्रस्तुत गरेको र थुप्रै दर्शकहरुले मन पराई दिनु भई आफ्नो हौसला निकै बढेको कुरा पनि उनले बताएका छन् | नेपाली सांगीतिक क्षत्रलाई नया दिशा तर्फ मोड्न आफु सधै तत्पर रहने विश्वास पनि उनले ब्यक्त गरेका छन् | उनले भने “म नेपाली सांगीतिक क्षत्रमा आफ्नो जीवन समर्पित गर्नेछु” | उनले नेपाली संगीत प्रेमी दर्शकहरुलाई सधै आफुलाई र आफु जस्ता सबै नया कलाकारहरुलाई सल्लहा सुझाब प्रदान गरि हौसला बढाईदिनुहुन र जहाँ भएपनि नेपाली गीत संगीतलाई माया र सम्मान गरिदिनुहुन आग्रह समेत गरेका छन् |
bhes-gurung
हेर्नुस गीत :

%d bloggers like this: