Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
good-luck
तीन वर्ष अघि नै निर्माण सम्पन्न भएको फिल्म ‘गुडलक’ ले बल्ल प्रदर्शन मिति जुराएको छ । मंगलबार नयाँ बानेश्वरमा औपचारिक कार्यक्रम गर्दै फिल्म युनिटले रिलिज मिति सार्वजनिक गर्यो । सोही समयमा फिल्मको नयाँ प्रोमो र गीत सार्वजनिक गरिएको थियो ।
‘गुडलक’, ‘देउता’ डेब्यु अभिनेत्री सिर्जना बस्नेतको अभिनय तथा निर्माण रहेको फिल्म हो । फिल्ममा निर्देशनको जिम्मेवारी पनि सिर्जना स्वयंले निर्वाह गरेकी छिन् । पहिले तय भएको निर्देशकले नभ्याउने भएपछि साथीहरुको आग्रहमा आफैं निर्देशन गरेकी हुँ । तर वितरकसँगको असमझदारीका कारण फिल्म बेलामा रिलिज गर्न सकिएन, सिर्जनाले भनिन् । उनले वितरक समेत रहेका अभिनेता कल्याण घिमिरेले झुलाएका कारण फिल्म ढिला रिलिज गर्नु परेको आरोप लगाइन् ।
एक युवतीको यात्राको कथा रहेको फिल्ममा हाँस्य र रोमान्सको मिश्रण रहेको उनले कार्यक्रममा बताइन् । चलचित्र ‘गुड लक’ मा नवराज श्रेष्ठ, सिर्जना बस्नेत, रश्मी भट्ट र कल्याण घिमिरे जोसना फुयाल, रबिन्द्र खड्का, अमित श्रेष्ठ आदिको अभिनय रहेको छ । सिनेमामा संगीत चेतन सापकोटाले भरेका छन् भने कविराज गहतराज र शंकर विसीले गीतमा नृत्य निर्देशन गरेका छन् । फिल्ममा मुस्कान ढकालले क्रिएटिभ निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन् ।

%d bloggers like this: