Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
diwakar-maharjan
नेपालमा वर्षेनी थुप्रै चलचित्र प्रदर्शनमा आउदछन् कति ब्यापारिक हिसाबमा सफल रहन्छन भने कति दर्शकहरुको मनमा राज गर्न सफल रहन्छन | यस्तै देशको लागि समर्पित रहेर निर्माता दिवाकर महर्जनले आफ्नो पहिलो चलचित्र “रिलेशन” असार १० मा प्रदर्शनमा लिएर आए | तर देशको तत्कालिन स्थिथि र असमाहिक बातावरणले गर्दा चलचित्रले सोचे जस्तो व्यापार गर्न सफल भएन | तर चलचित्रको नेपाली सम्पूर्ण दर्शकहरुले सम्मान गरे | धेरै दर्शकहरुले चलचित्रको प्रशंसा गर्नुका साथै यस्ता चलचित्र नेपाली चलचित्र जगतमा अझै धेरै बन्नु जरूरी छ भनि हौसला समेत प्रदान गरे | नेपाली खेल क्षत्रका थुप्रै व्यक्तित्वोका साथै सम्पूर्ण खेल जगतले समेत उनको यस किसिमको प्रयासको उचित सम्मान र कदर गरेका छन् |
relation
चलचित्र “रिलेशन” ब्यापारिक हिसाबमा स्थापित हुन नसके पनि धेरै भन्दा धेरै राष्ट्रप्रेम दर्शकहरुको मनमा बस्न सफल रहयो | चलचित्रका निर्माता दिवाकर महर्जनले आफु कत्ति पनि निराश नभएको कुरा बताएका छन् | उनले भने ” यो मेरो पहिलो प्रयास थियो म केहि हद सम्म सफल पनि रहे मैले पाएका केहि असफलताले मलाई अगाडी बढ्न उत्साहित गर्नुको साथै जोश जागर समेत प्रदान गरेको छ | म टाढा रहे पनि देशको लागि सधै राम्रो काम गरिररहने छु र देश विकासको निमित्त आफ्नो पाईला सधै चालीरहने छु र मलाई विश्वास छ मलाई मेरा नेपाली सम्पूर्ण दर्शकहरुले सल्लहा सुझाब र साथ दिनु हुने छ ” |

%d bloggers like this: