Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
scout-in-sikkim
नेपालमा भाद्र १७ मा प्रदर्शन मिती तोकेको चलचित्र “स्काउट” को सिक्किममा एक कार्यक्रम बीच भब्य ग्रेण्ड प्रिमिएर शो गरिएको छ | कार्यक्रममा दर्शकहरुको निकै बाख्लो उपस्थिथि रहेको थियो | प्रिमिएर शो का प्रमुख अतिथि सिक्किमका मन्त्री श्री उरजेन भुटिया रहेका थिए भने अरु पनि थुप्रै प्रतिष्ठित व्यक्तिहरुको उपस्थिथि रहेको थियो | चलचित्रको पहिलो ग्रेण्ड प्रिमिएर शो त्यहाँका दर्शकहरुले धेरै मनपराएका हुनाले सेप्तेम्बेरमा दर्शकहरुकै मागमा सिक्किममा ७ वटा शो लगाउने पक्का भएको कुरा चलचित्रका निर्माता केदार प्रसाद पराजुलीले बताउनु भएको छ |
scout-in-sikkim
scout-in-sikkim
नायिका गरिमा पन्तको मुख्य भूमिका रहेको यो चलचित्रमा गरिमा संगै नवराज श्रेष्ठ,कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । चलचित्रका निर्देशक गोविन्द गौतम हुन् | चलचित्रका सह-निर्माता ईश्वर तिवारी हुन् भने कार्यकारी निर्माता कृष्ण प्रसाद लामिछाने हुन् | चलचित्र मधु कुमार श्रेष्ठको प्रस्तुतिमा बनेको हो |
scout-in-sikkim
चलचित्रको बिषयबस्तु विश्वकै चर्चित संस्था स्काउट संग सम्बन्धि रहेको कारण चलचित्र सबैले हेर्नुपर्ने निर्माता तथा वितरक केदार पराजुली बताउछन्। चलचित्रलेले नेपाली समाजमा निकै नै राम्रो संदेश प्रस्तुत गर्ने दाबी निर्माता केदार प्रसाद पराजुलीको रहेको छ | आफुले नेपाली समाजको कथा बस्तुलाई समेटेर चलचित्र बनाएको र “स्काउट” ले धेरै दर्शकहरुको मन जित्ने विश्वास पनि उनले बेक्त गरेका छन् |
हेर्नुस ट्रेलर :

%d bloggers like this: