Sat. May 11th, 2024

मनोरंजनसंसार डटकम
रेसम फिलिलि अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । सोमबार तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनी थापाको सिउँदोमा सिन्दुर भरे । विनय र एनीले तीन वर्ष यताको प्रेम सम्बन्धलाई लगनगाँठो कसेर मजबुत बनाएका हुन् । सो अघि भने विनय ऋचा शर्मासँगको प्रेम सम्बन्धमा रहेका थिए ।
binay-shrestha
दुवैको निर्माण रहेको फिल्म ‘भिजा गल’ बक्स अफिसमा असफल भएसँगै उनीहरुको प्रेम सम्बन्ध पनि असफल भएको थियो । त्यसयता ऋचाको नाम निश्चल बस्नेत र गौरव पहारीसँग जोडिँदै आएको थियो । एनी पेशाले ब्युटी थेरापिष्ट हुन् । दुवैले एक वर्ष अगाडि नै टीकाटालो गरेका थिए । विनय ‘रेसम फिलिली’ पछि ‘एक पल’ शीर्षकका फिल्म निर्माणको क्रममा छन् ।

%d bloggers like this: