Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाल भारत दुवै देशमा सलमान अभिनित फिल्म ‘सुल्तान’ले रेकर्डब्रेक कमाई गरेको छ । प्रदर्शनको पाँचौ दिन नेपालबाट मात्र फिल्मले दिनको एक करोडका दरले ५ करोड ग्रस गरेको छ भने भारतमा फिल्म ५ दिनमा १८० करोड कमाई गरेको छ ।
५ दिनमा सलमानको फिल्मको यो कमाईलाई कीर्तिमानी मानिएको छ । फिल्म नेपाल भारत दुवैतिर बुधबार नै रिलिज भएको थियो । फिल्मलाई मल्टिप्लेक्सले अत्यधिक सो दिएका थिए भने यही फिल्मका कारण नेपाली फिल्म तीन घुम्ती हप्ताभर प्रदर्शन हुन नपाउँदै हलबाट बाहिरिएको थियो ।
फिल्मले भारतमा पनि हरेक दिन ३० करोड भन्दा ज्यादा कमाई गरेको छ । फिल्मले विदेशबाट मात्र ९० करोड कमाई गरेको छ जसलाई भारतको आम्दानीमा जोडिएको छैन । यस हिसाबले फिल्मल ५ दिनमै विश्वव्यापी कलेक्सनमा तीन सय करोड कमाईसकको देखिन्छ । फिल्मको कुल लागत ९० करोड रहेको थियो ।
सुल्तानसँगै सय करोड क्लबमा सलमानको संख्या १० पुगेको छ । शाहरुखको सयकरोड क्लबमा पुग्ने फिल्मको संख्या ६ पुगेको छ । जुन सलमान पछि दोस्रो हो । अजय देवगण र अक्षय कुमारका ५ वटा फिल्मले सय करोड कमाएका छन् ।

%d bloggers like this: