Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
‘नाईं नभन्नू ल’ निर्माण समूहले कीर्तिपुरमा रहेका एचआइभी पीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम कीर्तिपुरमा रहेको बेबी लाइफ होमलाई शनिबार प्रदान गरेको हो ।
प्रदान गरेको राशीको रकम रु १ लाख रहेको छ । रकम प्रदान गर्न फिल्म निर्देशक विकास आचार्य, कलाकार विजय लामा, निर्देशक मुस्कान ढकाल, कलाकारहरु पल शाह , आँचल शर्मा, गायक हेमन्त शर्मा, नरहरी प्रेमी गायिका रजिना रिमाल, कीर्तिपुर पुगेका थिए । फिल्मले गतसाल पनि यसरी नै हङकङको प्रदर्शनबाट उठेको १ लाख एचआइभी संक्रमित बालबालिकालाई प्रदान गरेका थिए । यो पटक भने निर्देशक विकास आचार्यले थप २५ लाख आफ्नो तर्फबाट थपेर दिएका थिए । उनले सहयोग रकम सानै भएपनि बालबालिकामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
‘रकम ठूलो त हैन तर पनि उनीहरुमा हाम्रो चिन्ता गर्ने पनि कोही छन् भन्ने सोच उत्पन्न होस् भन्नका लागि रकम दिएका हौं,’ आचार्यले भने । बेबी लाइफ होममा २४ जना एचआइभी संक्रमित बालबालिकाहरु रहेका छन् । रकमसँगै निर्माण समूहले बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा समेत उपलब्ध गराएका थिए । हङकङमै बसोबास गर्दै आएका अशोक गुरुङले फिल्म प्रदर्शनको चाँजो मिलाई त्यसबाट उठेको रकम बालबालिकालाई छुट्याएका हुन् ।

%d bloggers like this: