Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र ‘वृन्दावन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ताला चापी’ बोलको गीतमा कृष्ण काफ्ले र जुना प्रसाइको स्वर छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत सुन्न सकिन्छ । यो चलचित्रमा दर्शकले लामो समयपछि बादरलाई पनि देख्न सक्नेछन् । कुनैबेला नेपाली चलचित्रमा जनावरको अभिनय निकै देखिन्थ्यो । पुराना चलचित्रमा प्राय घोडा , बादरको अभिनय धेरै रहेको थियो ।
भदौ १७ गतेबाट रिलिज हुने यो चलचित्रमा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । रुद्र खनालको निर्माण रहेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।कमल जीसी यो चलचित्रका सह–निर्माता रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी , तारा थापाको सम्पादन , दिव्यराज सुबेदीको छायाकन देख्न सकिन्छ ।
हेर्नुस गीत:

%d bloggers like this: