Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
युवा स्टार अनमोल केसीको फ्यान फलोईङ हिसाब गरीसक्नु छैन् । अनमोललाई ड्रिम व्वाई मान्ने लेडिज फ्यानहरु कम छैनन् । यो बीचमा नयाँ फिल्मको लागी हिरोईनको माग गरिएको छ, निर्माण टिमले अडिसनको लागी आह्वान गरेको हो ।
गत हप्ता २० लाख पारिश्रमिकमा अनमोल अनुबन्ध भएको फिल्म ‘कृ’को लागी अभिनेत्रीको अडिसन खुला गरिएको हो । निर्माण व्यानर सुवास ईन्टरटेन्मेन्ट र सुपर काजल फिल्मस् को तर्फबाट ‘कृ’को लागी खुलाईएको प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अनमोलसँग स्कृन सेयर गर्ने मौका पाउनेछन् ।
निर्माण टिमको सार्वजनिक प्रावधान अनुसार १८ देखि २२ बर्ष उमेर समुहका त्यसमा पनि ५ फिट ५ ईञ्च भन्दा बढि उचाई हुने युवतीमात्र अडिसनको लागी योग्य मानिनेछन् ।
सुवास गिरीको निर्माण तथा सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने ‘कृ’ हिरोईन बन्न प्रावधान के राखियो जान्नुहोस तल उल्लेखित (पोस्टर) तश्विरबाटः
cri audition for heroin

%d bloggers like this: