Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
flaash
रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका फिल्म नगर्ने बताउँदै आएकी अभिनेत्री रेखा थापाले कृषा चौलागाइले निर्माण गरेको फिल्म ‘पलाँस’मा अभिनय गरेकी छिन् । जेठको पहिलो साताबाट सुरु भएको यो फिल्मको छायाँकन ३२ औं दिनमा सकिएको छ ।
रेखाले फिल्मको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले काम गरेको बताएकी छिन् । रेखाले यो फिल्मको निभाएको भूमिका अहिलेसम्म नगरेको दाबी गरेकी छिन् । निर्माता कृषाले रेखाको बारेमा भनिन्–‘रेखा थापालाई दर्शकले नयाँँ अवतारमा देख्नुहुनेछ ।’
फिल्ममा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन् । सुवास कोइरालाले निर्देशन गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ ।

%d bloggers like this: