Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
प्रधानमन्त्री केपी ओलीले देशलाई तुइन मुक्त गर्ने घोषणा गरिरहेका बेला `तुइन` नामक फिल्म निर्माणको घोषणा गरिएको छ । अन्तराष्ट्रिय सृजनशिल समता फाउन्डेसन अमेरिका र सृजना उप्रेतीको लगानीमा उक्त फिल्म निर्माण गर्न लागिएको हो ।
यसअघि ‘बेष्ट फ्रेण्ड फरेभर` नामक फिल्म निर्देशन गरेका उत्सब थपलियाले यो फिल्मको निर्देशन गर्नेछन् । यहि असार १० बाट सुटिङ शुरू हुने भनिएको यो फिल्म बालमनोविज्ञानमा आधारित हुने बताईएको छ ।
यसै बर्षको मंसिर ७ गते देखि नेपालभर प्रदर्शन गरिने लक्ष्य राखेको यस फिल्ममा परिक्षित बिक्रम राना, पृशा श्रेष्ठ, चिराग थपलिया लगायतका कलाकारहरुको अभिनय रहने छ । यस्तै फिल्ममा सुरेश अधिकारीको संगीत, आङ्सेन लामाको सिनेमाटोग्राफी तथा मोहन गेलालको कथा र संवाद रहने छ ।
‘तुइन’ एउटा डाँडोबाट अर्को डाँडो वा खोला तर्नका लागि प्रयोग गरिने घिर्नीमा आधारित एक परम्परागत प्रविधि हो । तुइन हातले चलाउनुपर्छ । हिजोआज पनि ग्रामीण भेगमा आवतजावन गर्न, विद्यार्थी विद्यालय जान र सामान ओसारपसार गर्न ‘तुइन’को प्रयोग गरिरहेका छन् ।
निकै असुरक्षित हुने तुइन तर्ने क्रममा नेपालमा धेरैले ज्यान गुमाइसकेका छन् । विशेष गरी कर्णालीसहित मुलुकका विभिन्न विकट जिल्ला तथा गाउँहरूमा यस्तै तुइनको प्रयोग हुने गरेको छ ।

%d bloggers like this: