Sat. Apr 27th, 2024

मनोरंजन संसार डटकम
kismat-2
दशैंको अवसर पारेर असोज २१ को प्रदर्शन मिती तोकेको चलचित्र “किस्मत २” को अडियो बिमोचन संगै चलचित्रको एक गितको भिडियो सार्वजनिक गरिएको छ | चलचित्रको “पिक्चर हिट” बोलको गीतमा अहिलेका चर्चित गाएक कृष्ण काफ्ले र गाईका सहिमा श्रेष्ठले आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतमा शब्द संगीत अर्जुन पोखरेल र दिपक शर्माको रहेको छ भने कबिराज गहतराजको कोरियोग्राफि र मदन कास्यप घिमिरेको छायांकन रहेको छ ।
kismat-2
चलचित्र आउन निकै समय बाकी रहदा पनि अहिले देखि नै दर्शकहरु माझ “किस्मत २” निकै नै चर्चा परिचर्चा हुन थालिसकेको छ | चलचित्रका निर्देशक ऋषि लामिछाने हुन् भने दिजेन्द्र शाक्य निर्माता हुन् | छबि राज ओझा “किस्मत २” का कार्यकारी निर्माता हुन् | चलचित्रमा किशोर खतिवडा , शिल्पा पोखरेल , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुस गीत:

%d bloggers like this: