Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा सलमान खानलाई विवादको पर्याय पनि भन्ने गरिन्छ। उनी बेलबखत विभिन्न कारणले विवादमा परि रहन्छन्। एकपटक फेरी उनी आफ्नो बयानले विवादित बनेका छन्। उनको बयानमा उनको विरोध सुरू भएको छ।
एक भारतीय वेवसाइटलाई अन्तरवार्ता दिने क्रममा ‘बलात्कृत महिलाजस्तो अनुभव गरेको’ भन्ने बयान दिएपछि उनको सामाजिक संजालमा विरोध सुरू भएको छ। उनले आफ्नो आगामी रिलिज फिल्म ‘सुल्तान’को क्रममा कुस्तिवाज बन्दाको अनुभव सुनाउँदै ‘जब म सुटिङ्पछि रिङ्बाहिर निस्कन्थे तब म आफूलाई एउटी बलात्कृत महिला जस्तो भएको अनुभव गर्थे। मि सिधा भएर हिड्न नसक्ने हुन्थे।’ भनेका थिए।
सलमानको यस्तो शब्द प्रयोगलाई सामाजिक संजाल प्रयोगकर्ताहरूले गलत र अमर्यादित भनेर आलोचना गरेका छन्। उनीहरूले सलमानले यस्तो बोलेर संवेदनाहिन बनेको समेत भनेका छन्। सलमानले यसलाई कसरी लिन्छन? अहिले सबैको चासो बनेको छ।

%d bloggers like this: