Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
OLYMPUS DIGITAL CAMERA
असार ६ गते सोमबारको दिन पारेर राजधानीमा एक कार्यक्रमको बीच चलचित्र ‘ब्लाईण्ड रक्स’ निर्माणको घोषणा गरिएको छ | चाम्स इन्टरटेनमेन्ट र यन फिल्म्स क्रियसनको ब्यानरमा बन्न लागेको चलचित्र ‘ब्लाईण्ड रक्स’ का निर्माता निकेश लिम्बु हुन् भने निर्देशक मिलन चाम्स हुन् | यस चलचित्रका निर्देशक र निर्माता दुवै को यो दर्शकहरु माझ तेस्रो प्रस्तुति हो | १६ बर्षको उमेरमा आएर चिकित्सकको लापरबाहिका कारण आँखाको ज्योति गुमाएकी भक्तपुरकी श्रृष्टि केसीको जीवनीमा आधारित रहेर यो चलचित्र बन्न लागेको हो |
OLYMPUS DIGITAL CAMERA
कार्यक्रममा ज्योती गुमाएर पनि आफ्नो प्रतिभाबाट पछि नहटेकी बहु प्रतिभाकी धनि श्रृष्टि केसी पनि उपस्थित थिईन् । त्यसैगरि कार्यक्रममा यसै चलचित्रका कलाकार गौरी मल्ल , अर्पण थापा , नाजिर हुसेन , बेनिशा हमाल लगाएत सम्पूर्ण पत्रकारहरुको बेजोड उपस्थिथि रहेको थियो | वायोपिक फिल्ममा श्रृष्टिको भुमिका भने वेनिशा हमालले निभाउने भएकी छिन् |
दृष्टिबिहिन भएपछि पनि एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप गरेर साहसमा कुनै हलचल नल्याएकी श्रृष्टि धेरै दृष्टि विहिन अनि शारीरिक अशक्तता भएकाहरुको प्रेरणाकी स्रोत हुन् ।
उनले देश विदेशका विभिन्न कार्यक्रमहरुमा पुगेर आफ्नो प्रतिभा देखाउँदै धेरैको मन जितेकी छिन् । नेपाल र भारतमा छायांकन हुने फिल्ममा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, यम थापाको कथा रहनेछ ।फिल्ममा नाजिर हुसैन, बेनिशा हमाल , गौरी मल्ल, अर्पण थापा , शिशिर राणा , दिपक गुरुङ ‘पेट मेन ‘ लगायतको कलाकारहरुको अभिनय रहने छ |
OLYMPUS DIGITAL CAMERA
कार्यक्रममा बोल्दै नायिका वेनिशा हमालले चलचित्रमा काम गर्ने पक्का भएपछि आफ्नो काम श्रृष्टीको कथा पढ्ने र उनको प्रेरणात्मक कुराहरु सुन्ने भएको बताइन् ।
चलचित्रले यहि आउदो कार्तिक १८ गते बाट छायांकन सुरु गर्ने कुरा निर्माण पक्षले जानकारी गराएको छ | चलचित्रको छायांकनको अबधि ४५ दिन तोकिएको छ | चलचित्र निर्माणको बजेट अहिले १ करोडको अनुमान गरिएको छ | चलचित्रको पहिलो प्रिमियर युके स्थित लण्डनमा गरिने जानकारी पनि निर्माण पक्षले दिएको छ |

%d bloggers like this: