Thu. Apr 18th, 2024

मनोरंजनस र डटकम
kedar-prasad-prajuli
नेपाली चलचित्र क्षेत्रमा एउटा नाम सधै अगाडी आउने गर्दछ त्यो नाम हो केदार प्रसाद पराजुली | नेपाली चलचित्र क्षेत्रमा डिसट्रीबयूटरबाट प्रवेश गरेका उनि अहिले चलचित्र निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन् | चलचित्र क्षेत्रको बिकासमा उनको भूमिका र उनले गरेका योगदान अपरिहार्ये रहेको छ | उनले “कसलाई दिउ यो जोवन” , “कब्जा” र “सौभाग्य” जस्ता सुपरहिट चलचित्र दर्शकहरु माझ पस्किसकेका छन् भने अब उनको नया चलचित्र “स्काउट” भाद्र १७ बाट देशभरका सम्पूर्ण हलहरुबाट एकैपटक प्रदर्शनमा आउदै छ | यस चलचित्रलाई लिएर उनि निकै उत्साहित रहेका छन् | यस चलचित्रको अमेरिकाको कोलाराडो सहरमा रेड कार्पेट प्रिमियर शो समेत भैसकेको छ | उक्त रेड कार्पेट प्रिमियर शो को उद्घाटन अमेरिकाका राष्ट्रपति ओबामाका सल्लहाकार संजिता प्रधानबाट भएको थियो | उनको यस नेपाली चलचित्र क्षेत्रको यात्रा करिब २२ बर्ष अगाडी देखिको रहेको छ | यिनै चर्चित डिसट्रीबयूटर र निर्माता केदार प्रसाद पराजुलीसंग मनोरंजनसंसार डटकमले गरेको कुराकानीको केहि अंश :
kedar-prasad-prajuli
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अहिले त म मेरो आफ्नै निर्माण रहेको चलचित्र “स्काउट” को प्रदर्शनको तयारीमा नै ब्यस्त छु साथ साथै अरु चलचित्रको डिसट्रीबयूसनको काममा पनि ब्यस्त छु |
तपाई आफुलाई एउटा राम्रो डिसट्रीबयूटर भन्न रुचाउनु हुन्छ या निर्माता ?
म आफुलाई सुरुमा डिसट्रीबयूटर भन्न रुचाउछु त्यसपछि मात्र निर्माता |
पहिला एक समयमा दर्शकहरुलाई निकै नै राम्रो चलचित्र प्रस्तुत गर्नु भो फेरी बिचमा अलि हराउनु भो अहिले फेरी आउनु भो के हो खास कुरा ?
हराएको हैन म निरन्तर आफ्नो डिसट्रीबयूसनको काममा ब्यस्त नै थिए तर यत्ति लामो समयको ज्ञाप राख्नुमा चाही दर्शकहरुलाई अलि नया र फरक किसिमको चलचित्र दिन को लागि नै हो जुन म अहिले दर्शकहरु माझ प्रस्तुत गर्न गैरहेको छु | त्यसको लागि अलिकति केहि समय होमेवोर्क गर्नुपर्ने थियो त्यसैले तयारीको लागि ज्ञाप राखेको हो |
kedar-prasad-prajuli
तपाई को बिचारमा चलचित्र के हो ?
मनोरंजन मान्छेको जीवनमा निकै आवश्यक पर्दछ | चलचित्र एउटा यस्तो चिज हो जसले मान्छेलाई भरपुर मनोरंजन प्रदान गर्नुको साथै धेरै कुराको ज्ञान समेत प्रदान गर्दछ | मेरो बिचारमा चलचित्र एउटा यस्तो चिज हो जसको मध्येमबाट मान्छेले आनन्द लिन सक्छ | चलचित्रले मान्छेको जीवनमा पनि निकै नै ठुलो भूमिका खेल्ने गर्दछ | चलचित्रले मान्छेलाई कल्पनाको संसार लैजानुको साथै आनन्दको छुट्टै किसिमको अनुभूति गराउनुको साथै संदेश प्रदान गरि मान्छेको जीवनको मोडलाई सहि दिशा तर्फ लाने काम समेत गर्दछ |
तपाइलाई के लाग्छ अहिले नेपाली चलचित्र क्षेत्रको हालत ठिक छ ?
अहिले मात्र हैन पहिले बाट नेपाली चलचित्र क्षेत्रको हालत ठिक छ तर हेर्ने दृष्टिकोण फरक भएको मात्रै हो | पहिला पनि निकै नै राम्रो चलचित्र आएका थिए बिचमा पनि आए र अहिले पनि आउदै छन् तर केहि नराम्रा तत्वोले गर्दा केहि समय हलचल मचाएको हो र दर्शकहरुको हेर्ने दृष्टिकोणलाई अलिकति फरक बनाइदिएको मात्रै हो |
kedar-prasad-prajuli
निर्माता भएर के यस क्षेत्रमा टिक्न सकिन्छ त ?
अवश्य सकिन्छ |
धेरै निर्माता हराए डुबे भन्ने हल्ला पनि बेला बेलामा आईरहन्छ नि ?
हेर्नुस त्यो त आफुमा भरपर्ने कुरा हो | सबै निर्माता डुबे भन्ने पनि हैन कति निर्माता अहिले सम्म जमेर पनि बसेका छन् | हामीले राम्रो चलचित्र दर्शकलाई दिने हो र मलाई लाग्छ राम्रो चिजको मूल्यांकन दर्शकहरुले गर्नुहुनेछ र अहिले सम्म बरोबर गर्नुभएको पनि छ |
चलचित्र क्षेत्रको विकासमा सम्बन्धित निकाएको कत्तिको सहयोग छ ?
छैन निकै नै कम सहयोग छ | आज हाम्रो चलचित्र क्षेत्र देशको चौथो अंग हुदा पनि कुरामा मात्र सिमित छ | राज्यले जुन समान र इज्जत हाम्लाई गर्नुपर्ने हो त्यो निकै न्युन छ र म भन्छु राज्यले यो बिषयमा निकै गम्भीर भएर सोच्नु पर्दछ |
चलचित्र राम्रो बन्नुमा कसको हात हुन्छ ?
हेर्नुस चलचित्र राम्रो बन्नुमा कसको हात हुन्छ भन्दा पनि पहिला त चलचित्रको कथा बस्तु राम्रो हुनु पर्यो र सहि मान्छेको हातमा चलचित्र निर्माण पर्नुपर्यो बाकी त चलचित्र राम्रो बन्नुमा चलचित्रमा संलग्न सम्पूर्ण व्यक्तिको उत्तिकै ठुलो भूमिका रहन्छ |
तपाई यो क्षेत्रमा निकै राम्रो संग भिजेको मान्छे पहिला र अहिलेमा के फरक पाउनु हुन्छ ?
धेरै फरक पाऊछु | पहिला चलचित्र निर्माण गर्न निकै नै कठिनाई हुने गर्दथ्यो | चलचित्रको प्राय सम्पूर्ण काम छिमेकी देश भारतमा गएर गर्नु पर्दथ्यो | त्यो बेलामा निकै नै समस्या पर्दथ्यो कहिले कहिँ त हेपाई समेत खानु पर्ने स्थिथि हुन्थ्यो | हामी संग उचित सामग्रीको कमिको कारणले गर्दा एउटा चलचित्र बनाउन पनि बर्षौ लाग्ने गर्दथ्यो तर अहिले त्यस्तो छैन सम्पूर्ण काम आफ्नै देशमा गर्न पाइन्छ | मान सम्मान र इज्जतको साथमा चलचित्र निर्माण गर्न पाइन्छ | अहिले त पहिले भन्दा धेरै नै सजिलो र राम्रो छ |
kedar-prasad-prajuli
छोटकरीमा भन्नु पर्द तपाई कस्तो मान्छे ?
म यस क्षेत्रमा कहिले पनि पछाडी नहटेर निरन्तर दर्शकहरुलाई राम्रो कुरा पस्किन तत्पर रहेको एकदमै मेहेनती मान्छे हु |
यस क्षेत्रमा आउन चाहने नया कलाकारहरुलाई के भन्न चाहनु हुन्छ ?
म यस क्षेत्रमा आउन चाहने सम्पूर्ण कलाकारहरुलाई इच्छा छ चाहना छ भने आउनुस स्वागत छ र यो क्षेत्रमा प्रवेश गरेपछि कुनै पनि बेला हरेश नखानुस मेहेनत गर्दै जानुस सफलता एकदिन अवश्य पाउनु हुनेछ भन्न चाहन्छु |
यस क्षेत्रका तपाई जस्ता सम्पूर्ण व्यक्तिहरुलाई र कलाकारहरुलाई के भन्न चाहन्छु ?
म के भन्न चाहन्छु भने हामी सबै यसै क्षेत्रको मान्छे हौ हामीले नै यो क्षेत्रलाई खडा गरेका हौ त्यसैले यसको संरक्षण र विकास गर्नु पनि हाम्रो नै कर्तब्य हो | हामी सबै एकजुट भएर लागे पछि अवश्य पनि यो क्षेत्रलाई निकै माथि उकासन सक्दछौ | एक अर्काको खुट्टा तान्ने काम नगरौ मिलिजुली अगाडी बढौ भन्न चाहन्छु | यस क्षेत्रमा भएका गलत कुराहरुलाई हामी सबैले मिलेर हटाउनु पर्दछ | त्यसैले हामी सबैले मिलेर यस क्षेत्रको खराब तत्वोलाई हटाएर यस क्षेत्रलाई पूर्ण रुपमा निर्मुल पार्नु पर्दछ भन्न चाहन्छु |
अन्त्यमा सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहन्छु ?
म सम्पूर्ण भगवान रुपी दर्शकहरुलाई हामी सबै नेपाली हौ हामीले हाम्रो आफ्नो चिजलाई सधै माया गर्नु पर्छ र सम्मान गर्नु पर्छ त्यसैले सधै नेपाली चलचित्रलाई माया गरिदिनुस सम्मान गरिदिनुस भन्न चाहन्छु | दर्शकहरु हुनुभयो भने मात्र यो चलचित्र क्षेत्र छ र हामी छौ त्यसैले राम्रो चिजलाई मनबाट मनपराई सहि मुल्यांकन गरि सल्लहा सुझाब दिनुहोस र अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहोस भन्न चाहन्छु | तपाईहरुको साथ र सहयोग अनि हौसला रहयो भने अवश्य हामी एकदिन यो क्षेत्रलाई निकै माथि सम्म लिएर जानेछौ र संसार भर चिनाउने छौ | जहाँ रहे पनि हाम्रो आफ्नो नेपाली चलचित्र र गीतसंगीतलाई हेरिदिनुहोस सुनिदिनुहोस माया गरिदिनुहोस अनि सम्मान गरिदिनुहोस भन्न चाहन्छु | अब यहि भाद्र १७ बाट तपाईहरु माझ आउन लागेको मेरो चलचित्र “स्काउट” लाई सम्पूर्ण दर्शकबिनहरुले एकचोटी हेरिदिनुहोस् राम्रो संग मुल्यांकन गरिदिनुहोस र सल्लहा सुझाब दिनुहोस भन्न चाहन्छु | फेरी एकपटक नेपाली समाजिक चलचित्र लिएर तपाईहरु माझ आएको छु र आशा गर्दछु मेरा सम्पूर्ण दर्शकहरुले मनपराई प्रतिक्रिया दिनुहुनेछ | जय देश जय नेपाल !

%d bloggers like this: