Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
छोटो चलचित्र ‘ओ माई म्यान’ प्रिमिएर गरिएको छ । राजधानिमा मंगलबार आयोजित एक कार्यक्रममा चलचित्रकर्मी तथा रंगपत्रकार माझ चलचित्र प्रिमिएर गरिएको हो । मान्छेले आफ्नो गल्ति लुकाउन कतिसम्मको चलाखी गर्छ भन्ने बिषयबस्तुमा निर्मित यो चलचित्र २२ मिनेट १९ सेकेन्ड अवदिको रहेको छ ।
गोपाल चन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र शक्ति बल्लभ घोराशैनी र पुनम गौतमले निर्माण गरेका हुन् । चलचित्र हेरिसकेपछी कलाकार तथा पत्रकारहरुले चलचित्रको खुलेरै तारिफ गरेका थिए । चलचित्रमा लक्ष्मी गिरी, स्वस्तीका राज भण्डारी ,कुसा ग्रह लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

%d bloggers like this: