Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
relation-in-hollywood-release
नेपाली सामाजिक कथा बस्तु र देशप्रेमको भावना बोकेको चलचित्र “रिलेशन” नेपालमा रिलिज हुनु अगाडी नै अमेरिकाको हलीउड थेटरमा रिलिज गरिएको छ | चलचित्र जून १२ तारिकका दिन प्रदर्शन गरिएको थियो | चलचित्र हेर्न बच्चा देखि बृध सम्मको दर्शकहरुको उपस्थिथि देखियो | चलचित्र हेर्न नेपाली देखि बिदेशी व्यक्ति समेत आएका थिए | चलचित्र हेरिसकेपछि सम्पूर्ण दर्शकहरुले “रिलेशन” को खुलेर प्रशंसा गरे | देशबाहिर बस्दा पनि देशको माया झल्काईदिएकोमा चलचित्र टिमलाई सबैले धेरै धन्यवाद दिएका छन् | चलचित्रले देशप्रेम बोकेको र समाज परिवर्तनको लागि प्रयास गरेको कुरा पनि उपस्थित दर्शकहरुले बताएका छन् | चलचित्र रिलेशनले आफुहरुलाई नेपाल देश घुम्न सारै उत्साहित गरेको कुरा त्यहाँ उपस्थित बिदेशी दर्शकहरुले बताएका छन् |
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release

सम्पूर्ण दर्शकहरुको चलचित्र “रिलेशन” प्रतिको यस्तो प्रतिक्रियाले आफुलाई अर्को चलचित्र बनाउन धेरै उत्साहित गरेको कुरा निर्माता दिवाकर महर्जनले बताउनु भएको छ | चलचित्रले नेपालमा समेत धेरै देशप्रेमी दर्शकहरुको मन जित्न सफल रहने विश्वास पनि उहाले ब्यक्त गर्नुभएको छ | चलचित्रले सम्पूर्ण रुपमा समाज परिवर्तन र देश विकासको भावना बोकेको र दुई देश बिचको सम्बन्धलाई पनि एकदमै मिठो र सरल तरिकाले जोड्ने प्रयास गरेको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र “रिलेशन” ले देशको खस्किदै गएको खेल स्थिथिलाई सुधार गरि सम्बन्धित निकाएको ध्यान आकर्षण गर्ने कुरा पनि उनले बताएका छन् | चलचित्रले युवाहरुलाई तेकवोंदो खेलप्रति उत्साहित गर्नुका साथै सम्पूर्ण खेलाडीहरुलाई धेरै नै हौसला प्रदान गर्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
relation-in-hollywood-release
चलचित्र “रिलेशन” का निर्देशक दिपेन्द्र प्रसाद दाहाल हुन् | अमेरिकामा “रिलेशन” को प्रदर्शन त्यस पछिको दर्शकहरुको प्रतिक्रियाले आफुलाई निकै उत्साहित गरेको कुरा उनले बताएका छन् | नेपालमा पनि अब प्रदर्शनको मिती नजिकिदै गर्दा दर्शकहरुको यस्तो प्रतिक्रियाले आफुलाई धेरै नै हौसला प्रदान गरेको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र पूर्ण रुपमा देशलाई समर्पित रहेको र समाज र देश विकासमा ठुलो योगदान दिने कुरा पनि उनले प्रस्ट पारेका छन् |
फिल्ममा रमेश के.सी. मट्टारे, सुशिल पोखरेल, लक्षण विक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमिल्सिना, दिनेश श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, दिवाकर महर्जन, क्रिष्टिना नुनास, लक्षण थामी, सुदिप कँुवर, कृष्ण रसाल, महिमा सिलवाल आदिको अभिनय रहेको छ ।चलचित्रमा गोविन्द प्रभातले नृत्य निर्देशन गरेका छन् भने अष्ट महर्जन र कुमार महर्जनको द्वन्द्व रहेको छ |
चलचित्र असार १० गते बाट देशभरका हलहरुमा एकैसाथ प्रदर्शन हुदैछ | यो चलचित्र नेपाल बाहेक बाहिर १० वटा भन्दा बढी राष्ट्रमा चल्ने पक्का भईसकेको छ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: