Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
bhup-narayan-chaudhary
पछिल्लो समय नेपाली सांगीतिक आकाशमा धेरै ताराहरु चमिक्दै छन् तिमध्येका एक तारा भूप नारायण चौधरी पनि हुन् | नवलपरासीबाट आफ्नो गीतसंगीत यात्रा सुरु गरेको यिनले भोजपुरी गीत संगीतमा समेत सफलता हात पारिसकेका छन् | अहिले उनको “यो माया को कस्तो चाला” बोलको गीत नेपाली सांगीतिक बजारमा निकै चर्चामा रहेको छ | यिनै लोकप्रिय गाएक भूप नारायण चौधरी संग मनोरंजनसंसार डटकमले गरेको कुराकानीको केहि अंश :
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अहिले त म आफ्नो नया गीतको तयारीमा नै ब्यस्त छु | अब २ महिना भित्र मेरो नया गीत आउदै छ त्यसैको लागि दौडधुप गर्दैछु |
हजुरको लागि गीत संगीत के हो ?
मेरो लागि गीत संगीत बाच्ने आधार हो | मलाई लाग्छ गीत संगीतले मान्छेलाई बाच्न सिकाऊछ | गीत संगीतले हरेक मान्छेलाई खुसि तुल्याउन सक्छ | मेरो लागि त गीत संगीत सहारा हो | गीत संगीत बिना म अधुरो हुन्छु | गीत संगीतले हरेक मान्छेलाई आनन्दको महसुस गराऊछ |
अहिले हजुरको “यो माया को कस्तो चाला ” बोलको गीत बजारमा आएको छ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
सबैको तरफबाट मैले अहिले निकै राम्रो प्रतिक्रिया पाएको छु | मेरो गीत संगीत प्रतिको मेहेनतको सबैले कदर गरिदिनु भएको छ | सबैले अगाडी बढ्नु पर्छ भनेर धेरै नै हौसला पनि प्रदान गर्नुभएको छ |
हजुरको परिवारबाट हजुरलाई कत्तिको सहयोग र हौसला प्रदान भैरहेको छ ?
मलाई मेरो परिवारबाट पुरा सहयोग र हौसला मिलेको छ |
अहिले यो बेलामा यतिका धेरै गाएक गाईकाहरु छन् के हजुर उनीहरु बीच टिक्न सक्नुहुन्छ त ?
हेर्नुस म टिक्न सक्छु या सक्दिन यो त दर्शकहरुको हातमा छ किन कि म सम्पूर्ण दर्शकहरुलाई भगवान मान्छु | दर्शकहरु हुनुहुन्छ त म छु हैन भने उहाहरु बिना म अधुरो छु | म यो क्षेत्रमा पैसा कमाउन चर्चित हुन आएको हैन | मेरो इच्छाले गीत संगीत प्रतिको लगाव र आस्थाले म अहिले यो क्षेत्रमा छु | म कसै संग प्रतिस्पर्दा गर्न पनि आएको हैन म त मात्र मसंग रहेको राम्रो कुरा गीत संगीत मार्फत मेरा सम्पूर्ण दर्शकहरु संग बाट्न आएको हु | मसंग भएको खुबीलाई सधुपयोग गरेर यस क्षेत्रम आफ्नो पनि केहि योगदान दिन आएको हु र म आफ्नो जिम्मेवारी र कर्तब्य बाट कहिले पनि पछि हट्ने छैन |
कत्ति गाह्रो हुदो रहेछ त गीत निकाल्नलाई ?
सजिलो संसारमा कुनै काम पनि छैन हेर्नुस तर गर्छु भनेर इच्छा र चाहना राखे पछि कुनै कुराले रोक्न सक्दैन र जस्तो ठुलो समस्या आएपनि आफै सजिलो हुदै जादो रहेछ |
तपाइलाई कस्तो कस्तो गीत गाउन रुचि लाग्छ ?
मलाई यस्तै प्रकारको गीत भन्ने छैन मेरो मन छुने मलाई संतुष्ठी मिल्ने सबै खालका गीतहरु म गाऊछु |
गीत संगीत बाहेक हजुर अरु के गर्नुहुन्छ ?
मेरो आफ्नै रिऑल स्टेटको व्यापार छ | त्यसैले म गीत संगीत बाहेक त्यता पनि सक्रिय छु |
अनि गीत संगीतमा चाही कसरी प्रवेश गर्नुभयो नि ?
म सानै देखि नै गीत संगीतमा रुचि भएको मान्छे हो | मनमा इच्छा चाहना धेरै नै थियो पछि गीत संगीतको ज्ञान पनि लिए र आफुलाई सक्क्षेम बनाएर अहिले यो क्षेत्रमा प्रवेश गरेको छु |
अहिले प्राय सबै आफ्नो गीतको भीडियोमा आफै खेलछन् तर हजुरले चाही खेल्नु भएन नि किन ?
मलाई के लाग्छ भने सबै को आफ्नो खुबी हुन्छ कोहि पनि सबै कुरामा सक्क्षेम हुदैन र मान्छे आफ्नो एउटा वास्तविक क्षेम्तामा नै रमाउनु पर्छ जस्तो मलाई लाग्छ | त्यसैले मेरो क्षेत्र गीत संगीत भएकोले म यसैमा तत्पर छु र म यसैमा आफुलाई निखार्न चाहन्छु |
आफुलाई यो क्षेत्रमा आउनको लागि कसलाई प्रेणाको स्रोत मान्नु हुन्छ ?
म आफुलाई यस क्षेत्रमा आउनुको स्रोत मेरो घर परिवार र मेरा सबै इस्ट मित्रहरुलाई मान्छु | म उहाहरुकै साथ र सहयोग अनि हौसलाले गर्दा आज यो स्थान मा आईपुगेको छु |
अन्त्यमा यो क्षेत्रमा अग्रसर व्यक्तिहरुलाई र हजुरको सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
म गीत संगीतको सर्जक भएकोले यस क्षेत्रमा रहनु भएका सम्पूर्ण अग्रसर व्यक्तिहरुलाई हामीहरु जस्ता नया कलाकारहरुलाई पनि साथ दिनु होस र उत्प्रेरित गरिदिनुस भन्न चाहन्छु | उहाहरुको साथ र सहयोगले हामीहरु जस्ता थुप्रै नया कलाकारहरुलाई हौसला मिल्नेछ | हामीहरु पनि यस क्षेत्रमा केहि गर्न आएका छौ | हाम्रो पनि मनोवल बलियो उच्च पारिदिनुहोस | त्यसै गरि म मेरा सम्पूर्ण दर्शकहरुलाई म यस क्षेत्रम हजुरहरुलाई केहि राम्रो चिज प्रस्तुत गर्न आएको छु | मलाई सधै हजुरहरुको माया र हौसलाको आवस्यकता रहेको छ | त्यसैले सम्पूर्ण देशभित्र अथवा देशबाहिर रहनु दर्शकबिनहरुलाई नेपाली गीत संगीत र नेपाली कलाकारहरुलाई सधै माया गरिदिनु होस र सधै सल्लहा सुझाब दिएर अगाडी बढ्ने हौसला प्रदान गरिदिनुस होस भन्न चाहन्छु |

%d bloggers like this: