Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम

जेठ २८ गते शुक्रवार देखि देशभरका सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाजलु” ब्यापारिक हिसाबमा करोड क्लबमा प्रवेश गरेको छ | चलचित्र अहिले देशभरको हलहरुमा हाउसफुल शो चलिरहेको छ | राजधानीको थुप्रै हलहरुमा दर्शकहरु ओवरफलो समेत भएको देखिएको छ | राजधानीका सिंगल र मल्टीप्लेक्स हलहरुमा शो थप्ने क्रम निकै नै बढ्दो छ |
gajalu
दर्शकहरुले सलोन बस्नेतको कमेडी निकै मनपराएका छन् | हल प्राङ्गणमा दर्शक प्रतिक्रिया लिन पुगेका अभिनेता सलोन बस्नेत र अभिनेत्री सृष्टि श्रेष्ठलाई दर्शकले घेरे, अंकमाल गरे अनि सेल्फी खिचे । केहि ढिला पुगेकी सृष्टि हल भित्रै छिर्दा ‘गाजलु’, ‘गाजलु’ अनि सृष्टि, सृष्टि को आवाज गुञ्जियो । १२ सय क्षमताको हलमा सिठ्ठी र ताली अनि हुटिङ गर्जियो ।
gajalu
बिग मुभिजमा दर्शक प्रतिक्रिया लिए सृष्टि, सलोन, गौरव पहारी, ऋतिक शाही र मेनका प्रधान पुग्दा त्यहाँ पनि माहलो उस्तै बन्यो । एक सेल्फी नखिचि दर्शकले चल्न दिएनन् । हलमा नपुगेका स्टार अभिनेता अनमोल केसी खोज्नेहरुको भीड पनि उस्तै थियो । अनि फिल्मप्रति सबैको एकस्वर थियो, ‘गाजलु रक्स’, अनि उत्कृष्ट फिल्म ।
gajalu
काठमाडौं बाहिर पनि फिल्मले उत्साहजनक दर्शकको साथ पाएको खबर प्राप्त छ । मेजर स्टेशन मानिने पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, धरान, बुटवलसँगै बाग्लुङ, पर्वत, दाङदेखी तनहुँसबै तिरको हलमा दर्शक ओभरफ्लो भएको बताईन्छ ।
gajalu-hall-crowd
gajalu-hall-crowd
gajalu-hall-crowd
gajalu-hall-crowd
रोहित अधिकारी सोलो निर्माता रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
हेर्नुस ट्रेलर:

%d bloggers like this: