Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
deepika-padukone
हलिउड चलचित्रमा अभिनय गरेर फर्किएकी बलिउड नायिका दीपिका पादुकोणको पारिश्रमिक आकाशिएको छ ।
दीपिका अब बलिउडका सुपरस्टार साहरुख र सलमान खान जस्तै महंगी भएकी छिन् ।
बलिउड मिडियाले जनाए अनुसार दीपिकाले एक एयरलाइन्सको विज्ञापन सुटिङका लागि ३ दिनको ८ करोड माग गरेकी छिन् । तर एयरलाइन्स र दीपिकाविच भने अझै संझौता भैसकेको छैन । दीपिकाले मागेको यो रकम बलिउडका सुपरस्टार नायकहरुले लिँदै आएका छन् । दीपिकाले यसअघि एक दिनको एकदेखि डेढ करोडसम्म लिँदै आएकी थिइन् ।
विज्ञापनको लागि दीपिकाले ८ करोड मागेपछि अहिले यसले चर्चा पाएको छ । यदि एयरलाईन्स र दीपिकाबीच सम्झौता भयो भने दीपिका सर्वाधिक महंगी नायिका बन्नेछिन् ।
बलिउडका कलाकारहरुको आम्दानीको श्रोतमध्ये विज्ञापन प्रमुख हो ।

%d bloggers like this: