Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
parshuram
रोज राणाको निर्माण तथा निर्देशन रहेको चलचित्र “पर्शुराम” उर्फ “जय पर्शुराम” को सम्पूर्ण छायाँकन सकिएको छ | चलचित्रको अन्तिम गीत ६ दिन लगाएर खिचेर सके संगै चलचित्रको सम्पुर्ण छायाँकन सकिएको हो । ५ लाख बढि खर्चमा सेट तयार गरेर ‘भण्डारखाल’, गोदावरी लगायतका ठाउँमा लिड कलाकार विराज र निशा अधिकारी फिचरिङमा रहेको गीत खिचिएको थियो ।
parshuram
श्रीराम बालाजी फिल्मस्को व्यानरमा बनेको फिल्मलाई साउन ३१ मा रिलिज गरिने घोषणा गरिसकिएको छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ भने रामेश्वर कार्कीको छायाँकन रहेको छ |

%d bloggers like this: