Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
bracelet
मोडेल तथा अभिनेत्री नम्रता सापकोटा हुन् त अबिबाहित तर उनको सिउदो रंगिएको छ | सारीमा सजिएर सिउदो रंगिदा उनि निकै राम्री देखिएकी छिन् | भाद्र १७ गते प्रदर्शन मिति तय गर्दै प्रचार प्रसार मा उत्रेको चलचित्र “ब्रासलेट” को एक गीतमा नम्रता बिबाहित रुपमा देखिएकी छन् | “मेरो जिन्दगी” बोलको गीतमा उनि बिबाहित देखिएकी हुन् | गीत बुधबार बुढासुब्बा डिजिटल प्रा:लि:ले आफ्नो युटुब मार्फत सार्वजनिक गरेको छ | गीतमा नम्रता सापकोटा र ऋतिक शाही देखिएका छन् | सार्वजनिक गीतमा युवराज चौलागाईं र दुर्गा परिवारको स्वर र दिपक शर्माको संगीत सुन्न सकिन्छ |
केशव भट्टराईको निर्माणमा निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रमा रमेश उप्रेती र रजनी केसी पनि मुक्खे भूमिकामा देखिएका छन् | रमेश ७ वर्ष पछि अभिनयमा फर्किएका हुन् | उनि चलचित्र ब्रासलेट मार्फत अभिनयमा कम्बैक गरेका छन् | उनि अभिनयमा फर्किएका कारणले पनि चलचित्रलाई महत्वोका साथ हेरिएको छ | नेपाली चलचित्र प्रेमी दर्शक माझ राम्रो छाप बनाएका रमेशको कम्बैक चलचित्र पनि राम्रो हुने देखिएको छ | उनको अभिनयको कारण अहिले चलचित्रको चर्चा चौतर्फी छ भने सार्वजनिक गरेका चलचित्रका विभिन्न सामग्रीले पनि स्थान पाइरहेको छ |
चलचित्रको केहि पहिले सार्वजनिक गीत अहिले युटुबमा करिब ७ लाख भन्दा बढी दर्शक पाइसकेको छ | त्यसो त चलचित्रमा रमेशको जोडी अभिनेत्री रजनी केसी बनेकी छन् | बेवासाहिक सफल चलचित्र “परदेशी” को अभिनेत्री रजनी केसी र रमेश को क्यामेसट्री चलचित्रमा जमने देखिएको छ | चलचित्रमा रजनीको अभिनय रहनुलाई अरकै हाइट मानिएको छ | हुन त चलचित्रको हिसाबले पनि चलचित्रको आफ्नै क्रेज छ | थुप्रै बेवासाहिक सफल चलचित्र निर्माण गरेका केशव भट्टराई यस चलचित्रका निर्माता हुन् | निर्माता केशव आफै एक ब्रान्ड हुन् जसको लगानी सहि अर्थमा रहन्छ भन्ने नेपाली दर्शकले बुजिसकेका छन् |
चौतर्फी चर्चामा रहेको यो चलचित्र यो वर्षको प्रतिक्षित चलचित्र हो | चलचित्र भाद्र १७ गते बाट देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आउदै छ | चलचित्रमा रमेश उप्रेती,रजनी केसी,नम्रता सापकोटा,ऋतिक शाही,सुगम शर्मा,राजु बजाज,बिनोद भट्टराई,सुनिता ठाकुर लगाएतको कलाकारहरुको अभिनय रहेको छ |
हेर्नुस गीत:

%d bloggers like this: