Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
राधा थापाको प्रस्तुति रहेको चलचित्र “अनमोल क्षण” सिक्किमको सफल प्रदर्शन पछि अब असार १७ मा नेपाल भित्रिदै छ | चलचित्रलाई अनमोल थापाले निर्देशन गरेका छन् |चलचित्रका निर्माता किशोर दुन्ग्माली राई हुन् |
चलचित्र “अनमोल क्षण” मा सलोम काबो लेप्चा, इसनेहा दुन्ग्माली राई,अनुरुप राई, सन्नी लेप्चा लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुको रोजेमा पर्ने विश्वास निर्माण टिमले बेक्त गरेको छ | चलचित्रमा सामाजिक कथा बस्तु समेटिएको र दर्शकहरुलाई भरपुर मनोरंजन दिने प्रयास गरिएको कुरा निर्माता किशोर दुन्ग्माली राईले बताएका छन् |
यस चलचित्रले नोर्थ कास्ट प्राग सिने अवार्डमा विभिन्न विधामा अवार्ड हासिल गरिसकेको छ |
kedar-prasad-prajuli
चलचित्र “अनमोल क्षण” को बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिएका छन् | चलचित्रले धेरै दर्शकहरुलाई खुसि पार्ने कुरा पनि उनि बताउछन् |
हेर्नुस गीत:

%d bloggers like this: