Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
मोफसलको टिम बुटवलका फिल्मकर्मीहरुले निर्माण गरेको फिल्म ‘डि कम्पनि’ को प्रदर्शन मिति असार २४ तोकिएको छ | गत वर्ष नै रिलिज हुने भनिएको फिल्मको प्राविधिक कारण देखाउँदै प्रदर्शन रोकिएको थियो ।
सामाजिक कथा उठान गरेको फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन मनोज श्रेष्ठको छ । यो फिल्ममा अनुष्का शर्मा, महेन्द्र यादव र प्रकाश गौतम लिड रोलमा छन् । यसअघी सिनेमा ‘शान’मा काम गरेकी तथा पछिल्लो पटक भोजपुरी फिल्ममा समेत जमेकी अनुष्का यो फिल्म मार्फत अभिनेत्रीको रुपमा खास छाप छाड्ने दाबी गर्छिन् ।
मास ईन्टरटटेन्मेन्टको व्यानरमा तयार फिल्मको यसअघि नै सेन्सर पास भईसकेको छ । ‘युनिभर्सल सर्टिफिकेट’ पाएको फिल्मलाई पारिवारिक दर्जामा राखिएको छ । फिल्मलाई केदार प्रसाद पराजुलीले वितरण गर्दैछन् । चलचित्र निकै नै राम्रो बनेको र ‘डि कम्पनि’ ले दर्शकको मन जित्ने कुरामा आफु बिस्वस्त रहेको कुरा केदार प्रसाद पराजुलीले जानकारी दिएका छन् |

%d bloggers like this: