Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
Amber-Gurung
राष्ट्रिय गानका संगीतकार तथा देशकै वरिष्ठ संगीतकारका रुपमा सांगीतिक क्षेत्रमा योगदान दिएका अम्बर गुरुङको मंगलबार बिहान ३ बजेर ३७ मिनेटमा निधन भएको छ ।
संगीतकार गुरुङको ७९ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गत दुई साता देखी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । केहि दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली समेत अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्था बुझ्नु भएको थियो ।
सोमबार गुरुङको निधन भएको खबर केहि ठुला मिडियामा आए पनि आज उहाँको निधन भएको अस्पतालले जानकारी गराएको छ । संगीतकार गुरुङ ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो र आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो । गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो ।
वरिष्ठ संगीतकार अम्बर गुरुङले नेपाली गीत संगीत क्षेत्रम निकै ठुलो योगदान दिनुभएको छ |

%d bloggers like this: