Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
Gajalu
अहिले प्रदर्शन मिति नजिकिदै गर्दा नेपाली बजारमा चलचित्र “गाजलु” को निकै नै चर्चा परिचर्चा भैरहेको पाइएको छ | अहिलेको यो समयमा सानो सानो गल्लि देखि ठुला ठुला ठाउहरुमा देश भित्र मात्र नभएर बाहिर समेत चलचित्र “गाजलु” को चर्चा हुने गरेको छ | प्राय जसो सबै नेपालीको मुखमा नाम छ त मात्र “गाजलु” |
gajalu
चलचित्रको यो चर्चा परिचर्चाको कारण गाजलु संग जोडिएका नामहरु पनि हुन् | “होस्टेल” जस्तो सुपरहिट चलचित्र दिईसकेका निर्देशक हेम राज बीसी, अहिलेका लोकप्रिय नाएक अनमोल केसी,पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ आदि यी नामहरु अहिलेको नेपाली बजारमा सबैको मुखमा झुन्डेको छ | फेरी एकपटक पर्दामा हेमराज बीसी र अनमोलको संलगनता संगै पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ संगको अनमोलको जोडी कस्तो रहला भन्ने जिज्ञासा अहिले सबैको मनमा रहेको छ | चलचित्र क्षेत्रमा सृष्टि श्रेष्ठको यो पहिलो फिल्म हो | उनले आफुले यस चलचित्रबाट धेरै आशा राखेको बताएकी छिन् |
gajalu
चलचित्रमा निकै नै गहन बिषयलाई अगाडी लेराउने प्रयास गरिएको छ | हाम्रो नेपाली समाजमा रहेको “कुमारी” बिषयको कथाबस्तु समेटेर चलचित्र “गाजलु” अगाडी बढेको छ | अहिले धेरै भन्दा धेरै मानिसहरुलाई चलचित्र “गाजलु” को पर्खाई रहेको छ | स्कुल देखि कलेज सम्म सानो पसल देखि ठुलो उद्योग सम्म मात्र “गाजलु” को चर्चा रहेको पाइएको छ |चलचित्रले चौतर्फी रुपमा समपूर्ण दर्शकहरुलाई मरनोरंजन दिने र धेरै दर्शकहरुको मन जित्ने विश्वास निर्माता रोहित अधिकारीले बेक्त गर्नुभएको छ |
gajalu
चलचित्र “गाजलु” को चर्चा परिचर्चा हेर्दा नेपाली चलचित्र इतिहासमा “गाजलु” ले एउटा छुट्टै किसिमको आयाम थपने विश्वास निर्माण टिमले बेक्त गरेको छ | चलचित्र “गाजलु” को बजार वितरकको जिम्मा लियका गोबिन्द शाहीले चलचित्र निकै नै राम्रो बनेको र “गाजलु” ले अहिले सम्मको व्यापारको रेकर्ड तोड्ने कुरामा आफु निकै आशावादी रहेको जानकारी दिनुभएको छ |अहिले चलचित्र “गाजलु” को गीत संगीत र ट्रेलर दर्शकहरु माझ चर्चाको शिखरमा रहेको छ |
चलचित्र जेठ २८ बाट देशभरका हलहरुबाट एकै पटक प्रदर्शनमा आउदै छ |
हेर्नुस ट्रेलर:

हेर्नुस गीत:


%d bloggers like this: