Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
relation
लामो समय देखि अमेरिका बसोबास गर्दै आएका निर्माता दिवाकर महर्जनको पहिलो प्रस्तुति चलचित्र “रिलेशन” अब चाडै प्रदर्शनमा आउदै छ | प्रदर्शनको मिति नजिकिदै गर्दा चलचित्रको निकै नै चर्चा परिचर्चा हुदै गरेको पाइएको छ | चलचित्रलाई दिपेन्द्र प्रसाद दाहालले निर्देशन गर्नु भएको छ | चलचित्रलाई निकै नै राम्रो बनाउने प्रयास आफुले गरेको कुरा निर्देशक दाहालले बताउनु भएको छ | आफ्नो लामो समयको चलचित्र क्षेत्रको अनुभवलाई चलचित्र “रिलेशन” मा उतारेको कुरा पनि उनले जानकारी दिएका छन् |
diwakar-maharjan
आफुले पहिलो पटक चलचित्र क्षेत्रमा हात हालेको र दर्शकहरुले आफुलाई हौसला प्रधान गर्ने विश्वास निर्माता महर्जनले बेक्त गर्नुभएको छ | आफु देश बाहिर बसेको भएता पनि देश विकाशको लागि केहि गर्नु पर्छ भन्ने भावनाले आफुले चलचित्र रिलेशन निर्माण गरेको कुरा पनि उनले बताएका छन् | उनि आफु पनि खेल जीवनमा स्थापित बेक्ती हुन् | उनि नेपालका तेकवोंदो खेलका निपुण खेलाडी र प्रशिक्षक पनि हुन् | उनले आफुले खेल जीवनमा भोगेको दुख व्यथा र खुसि र नेपाली परिवेशमा खेल जीवनको अवस्थालाई मध्ये नज़र गर्दै यो चलचित्र निर्माण गरेको जानकारी पनि दिएका छन् |
चलचित्रमा नेपाली सत्य समाजको अहिलेको स्तिथिलाई दुरुस्तै उतार्न खोजिएको कुरा पनि निर्माता महर्जनले उल्लेख गर्नुभएको छ |चलचित्रमा नेपालको मात्र नभएर देश बाहिरको कुराहरुलाई पनि दर्शकहरुले नियाल्न पाउने छन् |चलचित्रले हरेक मानिसको खेल प्रतिको सोचाईलाई सकारात्मक दिशा तर्फ़ लैजाने कुरामा पनि उनि बिस्वस्त छन् |
Relation
चलचित्र असार १० गते बाट देश भरका हलहरु मा एकैपटक प्रदर्शन मा आउदै छ | यसै गरि चलचित्र रिलेशन नेपाल बाहेक बाहिरका १० वटा भन्दा पनि देशमा प्रदर्शनमा हुनेछ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: