Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अहिलेका चर्चित नाएक अनमोल केसी र उनका आमा सुष्मिता केसीको निर्माण रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को ट्रेलर सार्वजनिक गरिएको छ |सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई स्थान दिईएको छ ।
श्रीराम महत निर्देशित चलचित्र श्रावण ७ गते बाट प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले,जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ ।
फिल्ममा सौरभ लामाको छायांकन,कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत , कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ । सुवास थापाको समेत लगानी रहेको यस चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ ।
चलचित्र निकै नै राम्रो बनेको र धेरै दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्माता सुवास थापाले बेक्त गर्नुभएको छ | चलचित्रको ट्रेलर अहिले नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: