Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
श्रावण २१ को प्रदर्शन मिति तोकेको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को ट्रेलर अहिले दर्शकहरु माझ चर्चित हुदैछ | अहिले धेरै दर्शकहरुले ट्रेलर हेरेर चलचित्रको पर्खाई रहेको कुरा बताएका छन् | चलचित्रका निर्देशक ऋषि राज आचार्य हुन् |आचार्यकै कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायत अभिनयमा छन् । फिल्ममा संगीत अर्जुन पोखरेलको छ ।
चलचित्र कमेडी धारमा बनाइएको र यस ले धेरै दर्शकहरुको मन जित्ने र पूर्ण रुपमा मनोरंजन दिने विश्वास निर्देशक आचार्यले बेक्त गर्नु भएको छ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: