Sat. Jun 3rd, 2023

मनोरंजनसंसार डटकम
गोपीकृष्ण मुभिजले सोनी कम्पनीको फोर. के. डिजिटल प्रोजेक्सन भित्र्याएको छ। नेपालका लागि आधिकारिक बिक्रेता बनेको गोपीकृष्णले एक वर्षमा करिब ५० हलमा सो प्रविधि बिक्री गर्ने लक्ष्य राखेको बताएको छ।
मंगलबार एक कार्यक्रम गर्दै गोपीकृष्णले नेपालका हलका लागि ५१५ एसआरएक्स- आर मोडललाई ल्याएको जानकारी दियो। कार्यक्रममा फोर के र टु के प्रोजेक्सनको डेमो पनि प्रस्तुत गरिएको थियो। गोपीकृष्णका प्रोपाइटर एवम् वितरक निरज पौडेलले सोनीसँग हाल ३ किसिमका प्रोरेजेक्सन रहेकोमा नेपाली हलहरूका लागि ५१५ एसआरएक्स-आर उपयूक्त भएकाले सो भित्र्याएको बताए।
उनका अनुसार हलवालाहरूले सो प्रविधि एकमुष्ट वा किस्ताबन्दीमा आफ्नो हलमा जोड्नसँक्ने छन्। किस्तामा जोड्न चाहनेले सुरूमा १० लाख भा.रु. बुझाउनुपर्नेछ। ५१५ मोडलको प्रोजेक्सनको मूल्य भा.रु. ३० लाख पर्छ।
निरजले आफूहरूले भित्र्याएको फोर. के. डिजिटल प्रोजेक्सन सिस्टम पछिल्लो समयको सबैभन्दा उत्तम प्रविधि भएको दाबि गरे। गोपीकृष्ण अगाडी क्यु.एफ.एक्स च्यानलले पुल्चोक स्थित नयाँ थिएटर लविब मलका तीन वटा स्क्रिनमा फोर के जडान गरिसकेको छ। क्यू.एफ.एक्स.ले कृष्टी कम्पनीको युरोपियन प्रविधिमा आधारित प्रोजेक्सन सिस्टम जडान गरेको हो।
हाल नेपाली मल्टीप्लेक्स , प्रायमा टुके प्रोजेक्सन सिस्टम जडान छन्। गोपीकृष्णको सो प्रविधिको पहिलो ग्राहक अष्टनारायण बनेको छ।

%d bloggers like this: