Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली र कृष्ण लामिछानेको लगानी रहेको चलचित्र ‘स्काउट’ रिलीजको लागि तयार भएको छ | चलचित्रले भदौ १७ गतेको प्रदर्शन मिति तोकेको छ |नायिका गरिमा पन्तको मुख्य भूमिका रहेको यो चलचित्रमा गरिमा संगै नवराज श्रेष्ठ,कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।चलचित्रका निर्देशक गोविन्द गौतम हुन् |चलचित्रका सह-निर्माता ईश्वर तिवारी हुन् |
चलचित्रको बिषयबस्तु विश्वकै चर्चित संस्था स्काउट संग सम्बन्धि रहेको कारण चलचित्र सबैले हेर्नुपर्ने निर्माता तथा वितरक केदार पराजुली बताउछन्। यो चलचित्रको यतिबेला विदेशका बिभीन्न ठाउमा बिशेस शो भैरहेको छ । यो चलचित्र संगै अन्य द विनर र ब्रासलेट समेत रिलीजमा आउदै छ ।
kedar-prasad-prajuli
चलचित्रलेले नेपाली समाजमा निकै नै राम्रो संदेश प्रस्तुत गर्ने दाबी निर्माता केदार प्रसाद पराजुलीको रहेको छ | आफुले नेपाली समाजको कथा बस्तुलाई समेटेर चलचित्र बनाएको र “स्काउट” ले धेरै दर्शकहरुको मन जित्ने विश्वास पनि उनले बेक्त गरेका छन् |
हेर्नुस ट्रेलर:

%d bloggers like this: