Tue. May 21st, 2024

मनोरंजनसंसार डटकम
gajalu
निर्माता रोहित अधिकारीको चलचित्र “गाजलु” को नया गीत सार्वजनिक भएको छ | “रंग रंगा” बोलको यस गीतमा सिवानी मोक्तानले आफ्नो स्वर दिएकी छिन् |
चलचित्रलाई हेम राज बिसीले निर्देशन गरेका छन् | अहिले नेपाली चलचित्र बजारमा “गाजलु” को निकै नै धेरै चर्चा रहेको छ | यस्तै चर्चा बटुली रहेको बेलामा दर्शकहरुको लागि “गाजलु” टिमले कोसेली स्वरुप नया गीत सार्वजनिक गरेको छ |
gajalu
चलचित्रमा अहिलेका चर्चित नाएक अनमोल केसी ,सृष्टि श्रेष्ठ,गौरव पहारी,सलोन बस्नेत,मेनुका प्रधान,गौरी मल्ल,कृष्ण मल्ल,बिस्व बस्नेत, ऋतिक शाही लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | चलचित्र जेठ २८ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउने छ |
gajalu
चलचित्रको कथा बस्तु र गीत संगीत निकै राम्रो रहेको कुरा निर्माण टिमले जानकारी दिएको छ | “गाजलु” ले धेरै भन्दा धेरै दर्शकहरुको मन जिती नेपाली चलचित्र इतिहासमा छुट्टै किसिमको स्थान बनाउने कुरामा आफु निकै नै आशावादी रहेको कुरा पनि निर्माता रोहित अधिकारीले बताउनु भएको छ |चलचित्रले निकै राम्रो व्यापार गरि एउटा किर्तिमान बनाउने विश्वास बजार वितरक गोबिन्द शाहीले बेक्त गर्नुभएको छ |
gajalu-manoranjansansar
हेर्नुस गीत :

%d bloggers like this: