Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
ritesh-deshmukh
बलिउड दम्पती रितेश देशमुख र जेनेलिया डिसुजा दोस्रोचोटि बुधबार मम–डयाड बनेका छन् । लामो प्रेम सम्बन्धलाई सन् २०१२ विवाहमा परिणत गरेका उनीहरूको घरमा दोस्रोपल्ट पनि छोरै भित्रेको छ ।
रितेशले ट्वीटरमा जेठो छोरो रियानको फोटो सेयर गर्दै उसका तर्फबाट लेखेका छन् : ‘हाई गाइज, मेरा मम–डयाडले मलाई भर्खरै सानो भाइ गिफ्ट गर्नुभएको छ । अब मेरा सारा खेलौना उसैका हुने भए ।’
genelia-dsouza-riteish-deshmukh_640x480_81428488084
दक्षिण भारतीय फिल्महरूमा एक स्थापित भइसकेकी जेनेलिया र रितेशको लभ स्टोरी एकदमै फिल्मी शैलीको थियो । करिब एक दशकसम्म डेटिङ गरेपछि उनीहरूले घरजम गरेका हुन् । यो फिल्मी जोडीका बलिउडी घनिष्ठहरूले पुत्रलाभमा आफूहरू खुसी भएको कुरो सामाजिक सञ्जालहरूमा साझा गर्दै रितेश दम्पतीलाई बधाईसमेत दिएका छन् ।
निर्देशक करण जौहरले लेखेका छन्, ‘धेरै बधाई । दुवैलाई धेरैधेरै माया । आउँदा वर्षहरू भव्य हुन् ।’ अभिनेता अभिषेक बच्चनले ‘नवजात शिशुको आगमनमा मेरो सानो भाइ र बहिनीलाई धेरै बधाई’ भनेका छन् । अर्का अभिनेता सिद्धार्थ मलहोत्रा र कोरियोग्राफर/निर्देशक फराह खान लगायतले पनि रितेश–जेनेलियालाई मनग्गे बधाई दिएका छन् ।
पारिवारिक रूपमा सफल देखिँदै आएका रितेश र जेनेलिया फिल्मी जोडीका रूपमा भने त्यति चल्न सकेनन् । उनीहरू एक/दुई फिल्ममा सँगै देखिएका थिए । अरूहरूको अपोजिट खेल्दा सफलै भए पनि उनीहरू ठूलो पर्दामा एकअर्काका लागि भने फापेनन् । उनीहरू दुवै मुख्य भूमिकामा रहेको कुनै पनि फिल्म चल्न सकेन ।
घरजम गरेपछि जेनेलिया परिवारमै रमाइरहेकी छन् भने रितेश अभिनयमा सक्रिय नै छन् । फिल्म फेयरबाहेक सबैजसो अवार्ड उनले जितिसकेका छन् । अभिनेता, सहअभिनेता, हास्यपात्र, खलपात्र जस्ता विधामा अवार्ड पाउनुले अभिनयमा उनको भर्सटालिटी पनि देखिन्छ ।

%d bloggers like this: