Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
yam-baral
सोह्र वर्षअघि ‘निष्ठुरीले छाडेर गइहाली…’ भन्ने गीत गाउँदा यम बरालको चर्चा फरक ट्रेडमार्कमा गनिन्थ्यो।
‘बादलुको घुम्टोले इलाम बजार छोपिदाँ…’ भन्दै गर्दा इलामे ठिटोले आधुनिक संगीतमा नयाँ तरंग ल्याएका थिए। दुई दशकको लामो गायनयात्रामा इलामे ठिटोले आफ्नो फरक पहिचान बनाएका थिए।
‘अब चोटहरुले पीरोल्दैनन् मलाई…’ जस्ता अजम्बरी गीत गाएका यमलाई गीत संगितका पारखीहरु फरक ढंगले अलग पहिचानका साथ चिन्ने गर्थे। जीवनका ओरोली उकालीहरु पर गर्दै गायनको लामो यात्रा पार गरेका यम बरालले लामो समयपछि आएर केही चटपटे अनि फरक ट्रेडमार्कको गीत बजारमा ल्याउने प्रयास गरेका छन्।
भर्खरै अस्ट्रेलियाको एक महिने लामो सांगीतिक यात्रापछि नेपाल फिरेका बरालले, ‘टक्क मैले गाडी रोके,’ नामक चटपटे गीत बजारमा ल्याएका छन्। उनको यो गीतमा केही रोमान्स केही चटपट अनी फरक शैली समेटिएको छ।
काठमाडौंमा शुटिङ गरेको यो गीतमा उनले, काठमाडौंमा डिस्को गइयो, पीरतीमा जोकर भइयो भनेर प्रेमका नाटक गर्नेलाई तिखो बाण हानेका छन्।
बास्तविक जीवनमा पनि केही उतारचढाव बेहोरेका यमले आफ्नो नयाँ चटपटे गीत भित्र पैसा र प्रेमलाई नियाल्ने कोशिश गरेका छन्।
यमले नयाँ गीतको विषयमा मनोरंजनसंसारसँग कुरा गर्दै भने, ‘फरक शैली र नयाँ प्रस्तुतिका रुपमा यो गीत बजारमा ल्याएको छु।’
हेर्नुस गीत:

%d bloggers like this: