Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
कुनैबेला चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई अर्चना पनेरुको बिरोधमा देखिए । उनि अर्चनाले अभिनय गर्न लागेको चलचित्र जिस्मलाई छायाँकन हुन् नदिन आफ्नो पावर हदैसम्म लगाए । तर यतिबेला उनी अध्यक्ष राई सोमबार राजधानीको एक रेस्टुरेन्टमा अर्चनालेनै अभिनय गरेको चलचित्र ‘छेस्को’ लाई सफलताको शुभकामना दिदै थिए । किन उनि आफैले बिरोध गरिरहेको ब्याक्तीलाई शुभकामना दिन त ? सबैले अध्यक्ष राई माथी प्रश्नहरु राखिरहेका छन् ।
raj-kumar-rai
कुनै समय पहिले पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले सामाजिक सद्भाव बिथोलेको भन्दै वोर्ड अध्यक्ष राजकुमार राईले चलचित्रको छायाँकन केही दिन रोखेका थिए भने अर्चनाले खेल्ने चलचित्र बनाउनै नदिने उद्घोष समेत गरेका थिए । तर बिभीन्न ठाउको विवाद पछि त्यो चलचित्र बन्यो र रिलीजको तयारीमा रहेको छ । सुरेश थापाले निर्देशन गरेको यो चलचित्रमा करण श्रेष्ठ ‘क्रेजी’ , अर्चना पनेरु र राजन कार्कीको मुख्य भूमीका रहेको छ ।

%d bloggers like this: