Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेताद्वय संजय दत्त तथा सलमान खानलाई एकअर्काको राम्रो साथीका रूपमा हेरिन्छ। तर, यो रूपमा परिवर्तन आएको बताइन्छ। बलिउड समाचार छाप्ने एक अनलाइनको हवाला दिंदै हिन्दुस्तान टाइम्सले लेखेको छ।
sanjay-salman
समाचारका अनुसार संजय जेलमा रहेका बखत सलमानले कामका लागि संजयको म्यानेजरलाई प्रयोग गरेपछि सुरू भएको बताइन्छ। सुरूमा ती म्यानेजरलाई संजयले काममा राखेका थिए तर बढि पारिश्रमिक माग्दिनाले ती म्यानेजरले संजयलाई काम दिलाउन सकिनन्। पछि उनी सलमानकोमा काम गर्न पुगिन। यसैले सम्बन्धमा चिसो ल्यायो।
सलमान र उनको परिवारले सदैव संजय र उनको परिवारलाई सहयोग र साथ दिदैं आएका छन्। संजय जेलमूक्त भएपछि सलमानले एक भव्य पार्टी दिन लागेको खबर त्यतिबेला सार्वजनिक भएको थियो तर भएन।

%d bloggers like this: