Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
आइतबार सार्वजनिक आइफा अवार्डको मनोनयनमा संजयलिला भन्सालीको फिल्म ‘बाजिराव मस्तानी’ले सार्वधिक ८ विधामा मनोनयन प्राप्त गरेको छ । यससँगै कबिर खानको ‘बजरंगी भाइजान’ले ७, सुजित सरकारको ‘पिकु’ले ६ र जोया अख्तरको ‘दिल धडकने दो’ ५ विधामा मनोनित भएका छन् ।
salman-khan
उत्कृष्ट निर्देशकमा कबिर खान ‘बजरंगी भाइजान’, सुजित सरकार ‘पिकु’, मेघना गुलजार ‘तलवार’, आनन्द एल राई ‘तनु वेड्स मनु रिर्टन्स’ र संजयलिला भन्साली ‘बाजिराव मस्तानी’ मनोनित भएका छन् । उत्कृष्ट फिल्ममा पनि यिनै ५ फिल्म भिड्दै छन् ।
salman-khan
उत्कृष्ट अभिनेतामा वरुण धवन (बदलापुर), रणवीर कपुर (तमासा), रनवीर सिंह (बाजिराव मस्तानी), सलमान खान (बजरंगी भाइजान) र अमिताभ बच्चन (पिकु) बीच प्रतिस्पर्धा हुनेछ ।
अभिनेत्रीमा प्रियंका चोपडा (दिल धडकने दो), दिपिका पादुकोण (पिकु), श्रद्धा कपुर (एबीसीडी–२), कंगना रनावत (तनु वेड्स मनु रिर्टन्स) र दिपिका पादुकोण (बाजिराव मस्तानी) मनोनित भएका छन् ।
आइफाको १७ औं संस्करण आउने महिना स्पेनको म्याड्रिडमा हुँदैछ ।

%d bloggers like this: