Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
कयौं चर्चित कार्यक्रमका भीडमा अहिले पनि लोकलयले प्रवासी रंगमन्चलाई तताउन छाडेको छैन। तीन दशक अघि प्रेमराजा महतले गाएको लोकगीत ‘पानको पात, माया तिमिलाई सम्झन्छु दिनको रात….’ यतिखेर पनि दर्शक श्रोताको मनमुटुमा ढुकढुकी बनेको छ।
priyanka-karki
सिड्नीको वेस्ले थियटरमा शनिबार राति अबेरसम्म सिड्नीबासी नेपालीले लोकलयको आनन्द मात्र लिएनन्, नाचे र झुमे पनि।
तनहुँ समाजले ‘सुगमको सहयोग र दुर्गमको शिक्षा’ नारा बोकेर अयोजना गरेको सांगीतिक साँझमा सहभागी हुन आएका प्रेमराजा महत र शान्ति भण्डारी अनि नायिका प्रीयंका कार्कीले शनिबार चिसिदै गरेको सिड्नीको मौसम तताए।
नेपाली लोकलयका प्रारम्भका दिनमा काठमाडौंमा झयाउरे गायकका रुपमा चिनिएका प्रेमराजाहरुको दिन अहिलेसम्म उत्तिकै जल्दोबल्दो छ । तर यस बिच बाग्मतीमा बगेको पानीझै कयैन गायकहरु बजारमा आए र गए। बैशका दिनहरुमा सम्झदै प्रेमराजा भन्छन्, गाउँ घरका भाका टिपेर जस्ताको त्यस्तै पन्चे बाजा ,सारंगी र मादलमा गाउँदै गर्दाको मजानै बेग्लै हुन्थ्यो।
काठमाडौंको पुतलीसडकको बसाइ र लोकगीतको सनक र रेडियो नेपालको जागिरले प्रेमराजालाई पानको पातका रुपमा स्थापित गराएको थियो।
‘लोकगीतका माध्यमवाट गाउँघरका शन्देश र साइनो जोड्ने जस्ता पबित्र कार्य समेत हुने गरेको हाम्रो समाज जहाँ र जता गएपनि आफ्नोपनबाट अलग हुन सकिन्न,’ गायक प्रेमराजा महतले भने।
करिब एक दर्जन लोकप्रीय गीतहरु ,बाझो खेतमा,सलाम छ मायालाई पहिलो भेटमा…., हरियो डलर,डलरले बिगार्यो कलर जस्ता गाना गाउँदै गर्दा वान्समोरको हुटिङले प्रेमराजालाई छाडेको थिएन। पाको उमेरमा पनि कमर मर्काउन र ज्यान थर्काउन यस्तै दर्शकको माया र ममताले हौस्याएको हो, महतले ठट्यौली पारामा सुनाए।
‘सालैको पातैले ,दिएखान्थे मायाको दाइने हातैले….’ गाना गाउँदै गर्दा दर्शक श्रोता स्टेजमा उर्लेका थिए।
उनको गीतमा साथ दिएकी थिइन्, लोकगायीका शान्ति भण्डारीले। नेपाली लोकगीतका चर्चित भाका प्रस्तूत गरेकी भण्डारीले अस्ट्रेलियाको पहिलो भ्रमणमा आफू निकै हौसीएको बताइन्। करिब सात सय दर्शकको भीड देखेपछि शान्तिले स्टेजमै कराइन्, यत्रो दर्शक बिदेशमा कहिले देखेको थिइन्।
तनहुँ सांगीतिक साँझको अर्को आर्कषण बनेकी थिइन्, नायिका प्रीयंका कार्की।
प्रीयंकाको दुई वटा डान्सले कार्यक्रमको माहोल नै बदलिएको थियो। करिब चालिस मिनेटको उनको डान्सले सिड्नीमा वाहावाही कमाएको थियो। कार्यक्रमबाट उठेको रकम नेपालको दुर्गम क्षेत्रको शिक्षामा खर्च गरिने कुरा समाजका अध्यक्ष पर्शुराम अधिकारीले बताए।
समाजले सिड्नीमा पाइने सानो सहयोग नेपालको दुर्गम जिल्लाको शिक्षाको लागि कोशे ढुंगा बन्न सक्छ भन्ने सोचका साथ कार्यक्रमको थालनी गरिएको अध्यक्ष अधिकारीले सुनाए।
करिब चार घन्टा चलेको कार्यक्रममा स्थानीय गायक नरेश रेग्मी लगायतले गीत संगीत र नृत्य पस्केका थिए।

%d bloggers like this: