Sat. Jun 3rd, 2023

मनोरंजनसंसार डटकम
गत वर्ष बोन्ड सिरिजको फिल्म ‘स्पेक्ट्र’का लागो चौथो पटक जेम्स बोन्ड बनेका अभिनेता ड्यानियल ग्रेगले अर्को बोन्ड फिल्म नगर्ने घोषणा गरे। उनले बोन्ड फिल्म गर्नु भन्दा आफ्नो नाडी काट्नु ठीक हुने बताएका थिए। धेरैले उनको यस कुरालाई सामान्य ठट्टाका रूपमा लिएका थिए।
ठट्टाको रूपमा लिनु स्वभाविक थियो कारण उनीसँग भएको सम्झौता अनुसार थप २ श्रृखंला बाँकी नै थियो।
Daniel-Craig
बोन्ड फिल्म निर्माण कम्पनी एमजिएमले उनलाई आगामी दुई फिल्मका लागि गरेको ६.८ करोड पाउण्डको (झण्डै हजार करोड नेपाली रूपयाँ) प्रस्ताव गरेको थियो। तर पूर्व अडानमा कायम हुँदै ड्यानियलले सो प्रस्ताव लत्याएका छन्।
क्रेगले बोन्डका रूपमा आफ्नो काम पूरा भइसकेको जनाएका छन्। अब उनको सट्टा अरूलाई खोज्नुपर्छ। क्रेगले घुँडाको चोटका कारण प्रस्ताव लत्याएका हुन्। उनले चोटका कारण एक्सन दृश्य गर्न नसक्ने भएकाले थप बोन्डका रूपमा अभिनय नगर्ने निर्णयमा पुगेका हुन्। ड्यानियलले पछिल्ला चार श्रृखंलाबाट करिब ३.८ करोड पाउण्ड कमाएका छन्। उनी यस भूमिका निर्वाह गर्ने आजसम्मकै सबैभन्दा महँगा अभिनेता हुन्।
क्रेगको यस्तो घोषणा पछि फिल्म निर्माण कम्पनी नयाँ बोन्डको खोजीमा लागेको छ। नयाँ बोन्डका रूपमा भ्याम्पायर, प्रिन्स एण्ड पाइलट जस्ता भूमिका निर्वाह गरेका टम हिडेलस्टनको नाम सबैभन्दा चर्चामा छ।

%d bloggers like this: