Tue. May 21st, 2024

मनोरंजनसंसार डटकम
अभिनेता अभिषेक बच्चनले भारतमा हलिउडलाई चाहिने भन्दा बढि उचालिएको बताएका छन्। आफ्नो आगामी फिल्म ‘हाउसफूल ३’को प्रचारमा रहेका उनले यस्तो बताएका हुन्।
abhishek-bachhan
हलिउडमा रूचि छ कि छैन् भन्ने प्रश्नको उत्तर दिंदै उनले भने, ‘हलिउडलाफ चाहिने भन्दा बेसी उचालिने गरेको छ। अंग्रेजी एउटा भाषा मात्र हो, अरू केही होइन। आज हिन्दी फिल्मको संसारभर ठूलो माग छ. मानिसहरू हलिउडबाट आएर यहाँ आइटम नम्बर तथा फिल्महरू गरिरहेका छन्।’
अभिषेकको सो भनाइमा सहमति जनाउँदै साथै रहेका अर्का अभिनेता अक्षयकुमारले उनलाई हलिउडमा कुने लगाव नरहेको बताए।’म तमिल फिल्म गरिरहेको छु। मलाई हलिउडमा रूचि छैन्’, उनले भने। उनीहरूको फिल्म जुन ३ मा रिलिज हुँदैछ।

%d bloggers like this: