Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
जेठ १४ शुक्रबारबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शन थालेको चलचित्र “किन गरे माया” ले दर्शकहरुको मन जित्न सफल भएको छ | पहिलो दिनमा नै निकै नै राम्रो सुरुवात गर्न सफल भएको छ चलचित्र “किन गरे माया” | चलचित्र क्षेत्रमा धेरै बर्षको मेहेनत र अनुभव पछि निर्देशनमा हात हालेका निर्देशक रमेश बोगटीको पनि थुप्रै दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् |
kina-gare-maya
दिल कुमार प्यासीको प्रस्तुति रहेको चलचित्र “किन गरे माया” ले प्रदर्शनको पहिलो दिनमै निकै राम्रो व्यापार गर्न सफल रहेको कुरा पनि बजार वितरक टिमले जानकारी दिएको छ | चलचित्रमा सबै नया कलाकारको उपस्थिथि रहेको भए पनि अहिलेको चल्ती कलाकारहरु भन्दा पनि निकै नै राम्रो अभिनय गरेको कुरा पनि दर्शकहरुबाट सुनिएको छ |चलचित्रमा आयुष रेग्मी,संजु सिलवाल,सरु घलान,हरिस तिमल्सिना,सुष्म कार्की,रश्मी भट्ट,दिल कुमार प्यासी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | –
kina gare maya
kina-gare-maya
चलचित्रले धेरै भन्दा धेरै दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्माण टिमले बेक्त गरेका छन् |नेपाली चलचित्रको गुमेको लोकप्रियता फेरी एकपटक “किन गरे माया”ले फिर्ता लिएर आएको कुरा पनि धेरै दर्शकहरुले बताएका छन् |

%d bloggers like this: