शनिबार बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटरमा एक बालिकालाई केक खुवाइरहेको फोटो देखियो। जसको नाकमा अक्सिजनको पाइप लगाइएको छ। बालिका मुस्कुराइरहेकी छिन्।
अभिताभले आफ्ना कुनै आफन्तलाई केक खुवाएका होइनन्।
वास्तवमा ती बालिका अमिताभलाई भेट्न चाहन्थिन्। उनलाई क्यान्सर भएको छ र निरन्तर अक्सिजन लगाइरहनुपर्छ।
ब्लगमा तस्बिरसँगै अमिताभले लेखेका छन्, ‘दुखाईको सामना गर्दै बाँच्नु साह्रै कठिन छ।’