Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बलिउड स्टार काजोल यो फिल्म उद्योगलाई पुरुष प्रधान उद्योग मान्दछिन् । ‘बलिउड पनि अरु सामान्य उद्योगजस्तै हो, जसमा पुरुषको महत्व र स्थान महिलाको भन्दा बढी छ,’ उनले अन्तर्वार्तामा भनिन् ।
ajay-devgan
बलिउड वा हलिउड दुवै उद्योगमा पुरुषको प्रभाव बढी भएको भन्दै उनले पारिश्रमिकमा पनि अन्तर रहेको बताइन् । ‘सबको आफ्नो काम अनुसार स्थान र पारिश्रमिक हुनुपर्छ । बलिउड वा हलिउड जुनसकै उद्योग होस, पुरुषले बढी महत्व पाउने गरेका छन्,’ उनले भनिन् ।
kajol-devgan
४१ वर्षको उमेरमा पनि बलिउडमा राम्रो स्थान बनाइरहेकी काजोल गत वर्ष शाहरुख खानसँग ‘दिलवाले’मा देखिएकी थिइन् । अभिनेता अजय देवगनसँग विवाह गरेकी काजोलका दुई सन्तान पनि छन् । तर, विवाह र उमेरले उनको करिअरलाई खासै असर गरेको छैन ।
होम प्रोडक्सनको फिल्ममा अभिनय गर्ने तयारीमा रहेकी काजोलले अहिले स्क्रिप्टको काम भइरहेको भन्दै फिल्मबारे धेरै जानकारी दिन चाहिनन् । उनका पति अजय भने अहिले ‘यु मि और हम’ पछिको आफ्नो दोस्रो निर्देशकीय प्रोजेक्ट ‘शिवाय’मा व्यस्त छन् ।

%d bloggers like this: