Sat. Apr 27th, 2024

‘मंगोलियन हर्ट’ नामले बढी चिनिने गायक राजु लामा तीन वर्षपछि कन्सर्टमा फर्किने भएका छन्। संगीतक्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि उनको लोकप्रियता अझै उत्तिकै छ। यही लोकप्रियतालाई क्यास गर्दै तथा नेपाल आएको मौका छोपी फेम नेपालले उनलाई दरबारमार्गस्थित भिक्ट्री लन्ज बारमा प्रस्तुत गर्न लागेको हो। उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन्।
raju-lama
मासिक रुपमा सञ्चालन हुँदै आएको लाइभ प्रस्तुतिमा आउँदो शनिबार ब्यान्डले साँझ सात बजेदेखि बिहानको तीन बजेसम्म करिब एक दर्जन गीत प्रस्तुत गर्नेछ। कन्सर्टमा डिजेहरुको समेत प्रस्तुति रहने जनाइएको छ।
raju-lama
राजु लामाका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।
ब्यान्डमा राजुबाहेक बबी लामा, किरण नगरकोटी, सन्तोष थापा, दीपेन्द्रमान सिंह र पवन कपाली सदस्य रहेका छन्। ‘मंगोलियन हर्ट’ले हालसम्म आधा दर्जन एल्बम निकालिसकेको छ।

%d bloggers like this: