Tue. Apr 16th, 2024

आज शुक्रवार देखि ऑल नेपाल प्रदर्शनमा आएको चलचित्र ” के म तिम्रो होइन र ” ले धेरै दर्शकहरुको मन जित्न सफल भई निकै नै राम्रो व्यापार गर्न सफल भएको छ | ऑल नेपाल ९० वटा पर्दा मा उत्रिएको यस चलचित्रले निकै नै राम्रो व्यापार गर्न सफल रहेको छ |
k-ma-timro-hoina-ra
चलचित्रले सोचे भन्दा पनि निकै नै राम्रो व्यापार गरि दर्शकको प्रशंसा प्राप्त गर्न सफल भएको हुनाले निर्देशक आकाश अधिकारी र उनका सहकर्मी साथीहरु निकै नै दङ्ग छन् | देशभर एकै पटक प्रदर्शनमा आएको चलचित्र ” के म तिम्रो होइन र ” को सिङ्गल र मल्टीप्लेकस गरि ९० % अकुपेन्सी रहेको छ |
images (1)
चलचित्रको गीत संगीत र एक्शनको दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् | चलचित्रमा निर्देशक आकाश अधिकारी र उनका युनिटको काम पनि दर्शकहरुले निकै नै मनपराएका छन् | यसै चलचित्र मार्फत अभिनय सुरु गरेका आर्यन अधिकारी र मरिश्का पोखरेलको कामलाई पनि सम्पूर्ण दर्शकहरुले निकै नै मनपराएका छन् |
k-ma-timro-hoina-ra1-1024x548
चलचित्रले अगाडी अझै निकै नै राम्रो व्यापार गर्ने विश्वास निर्देशक आकाश अधिकारीले बेक्त गरेका छन् | आफुले निकै नै राम्रो चलचित्र बनाएर दर्शक माझ पसकेको र ” के म तिम्रो होइन र ” ले अझै धेरै दर्शकहरुको मन जित्न सफल रहने विश्वास पनि निर्देशक आकाश अधिकारीको रहेको छ |
13179253_1035643559862357_4066826812077505149_n
चलचित्रको व्यापार अझै माथि पुगने विश्वास बजार वितरक गोबिन्द शाहीले बेक्त गरेका छन् |

%d bloggers like this: