Fri. Apr 26th, 2024

काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली संसारै सबैभन्दा मनपराइने व्यक्तिको एक नम्बर सूचिमा परेकी छन् । ‘वल्र्ड मोस्ट एडमिरेड–२०१६’ नाम दिइएको सुचिमा महिलातर्फ २० र पुरुषतर्फ २० जनाको उल्लेख छ । जसमा पुरुषतर्फ माइक्रोसफ्टका संस्थापक बिल गेट्स एक नम्बरमा छन् ।
बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ले सार्वजनिक गरेको सूचिमा पूरुषतर्फ दोस्रो स्थानमा अमेरिकी राष्टपति बाराक ओबामा, तेस्रो स्थानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, चौथो स्थानमा चिनियाँ अभिनेता ज्याकी चेन, पाँचौ स्थानमा स्टिफन हकिंग र छैटो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छन् । त्यस्तै, सातौ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग र आठौ स्थानमा दलाई लामा परेका छन् । महिलातर्फ एन्जेलिनापछि बेलायती महारानी एलिजावेथ दोस्रो तथा अमेरिकाको राष्टपतिय निर्वाचनका कार्यक्रममा व्यस्त रहेकी नेतृ हिलारी क्लिन्टन तेस्रो नम्बरमा छिन् । त्यस्तै, ओपरा विन्फ्रे, मिशेल ओबामा र मलाला यूसुफजई क्रमश चौथो, पाँचौ र छैटौँ स्थानमा छन् ।

%d bloggers like this: