Thu. Apr 25th, 2024

चर्चित गायक उदेश श्रेष्ठले आफ्नो चौथो सांगीतिक एल्वम लन्च गरेका छन । उनको चौथो एल्बमको नाम  ‘भेरिएसन’ राखेका छन । 
आठ गीत समाबेस उक्त एल्वमका गीतहरुमा गीतकारहरु दुुर्गा क्षेत्री, अशोक गुुरुङ, किशोर घिमिरे, बासुु ढकाल, विपिन मर्मा लगायतका गीतहरु समावेश गरि एल्बम निकालेका हुन् । गीतमा संगीत शिवम् लामा, सुरेन्द्र श्रेष्ठ र राहुुल प्रधानले दिएका छन ।
एल्बम बिमोचन संगै आयोजित कार्यक्रममा एस ह्युुमानिटी नामक सामाजिक संस्थामा गायक श्रेष्ठ नेपाल दुत बनेको र भूकम्पका बेला उनि लगायत संगीतकर्मीले बिभिन्न स्थानमा सहयोग राहत बितरण गरेको भिडियो समेत देखाईएको थियो । साथै उदेशले आफ्नो एल्बम बिक्री बाट उठ्ने केहि प्रतिशत रकम एस ह्युुमानिटी मार्फत बालबालिकाका लागि खर्च गर्ने समेत जानकारी दिए ।
उदेशका यो जूनीमा, किन मायामा लगायत आधा दर्जन हिट गीतहरु गायका छन ।
फोटो: मिडियाएनपी

%d bloggers like this: