Fri. Apr 19th, 2024

नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा आफ्नो पहिलो कोसेली पस्केकी छिन्| गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको यस उडिजाने बदलुले बोलको गीतमा लक्ष्मीको जादुमय स्वर भरिएको छ |
सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् |
मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ |
भर्खरै मात्र युट्युब मार्फत सार्वजानिक भएको यस म्युजिक भिडियो नेपाली साँगीतिक क्षेत्रमा लोकप्रिय बन्दै गईरहेको छ |
 

%d bloggers like this: